२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

टीकापुर घटनाका अभियुक्तहरुद्वारा अनशन स्थगित

२८ फाल्गुन २०७४, सोमबार १०:०५

फागुन २८, धनगढी | कैलाली कारागारमा रहेका टीकापुर घटनाका अभियुक्तहरुले आज आठौँ दिनमा अनशन तोडेका छन् । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अनशनकारीमध्येका लाहुराम चौधरीलाई जुस खुवाएर अनशन तोडाउनुभएको हो । 

अनशनकारीले राखेका माग सम्बोधनका लागि सम्बन्धित निकायमा पुर्याउनेलगायत विषयमा सहमति भएपछि अनशन तोड्न सहमत भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । 

कैलाली निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीलाई विजयी भएको प्रमाणपत्र दिई शपथ ग्रहणको व्यवस्था गर्नु पर्ने, टीकापुर घटनामा थुनिएकालाई लगाइएको मुद्दा फिर्ता लिनु पर्ने, थरुहट संघर्ष समितिले राखेका माग सम्बोधन हुनुपर्नेलगायत माग राखेर पुर्पक्षका लागि कारागारमा रहेका २४ जनाले यही फागुन २० गतेदेखि कारागारमै अनशन थालेका थिए । 

अनशनकै क्रममा बिरामी परेका रेशमलाल चौधरीको थप उपचार आवश्यक रहेको भन्दै सेती अञ्चल अस्पतालले सिफारिस गरेपछि उहाँलाई दुई दिनअघिमात्रै काठमाडौँ पु¥याइएको थियो । 

दुई वर्षअघि टीकापुरमा भएको हिंसात्मक घटनामा आठजना प्रहरी र एक नाबालकको ज्यान गएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य