२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खाडी मुलुक बाट फर्केर गाउँमै जुटे युवा

२९ आश्विन २०७२, शुक्रबार १२:००

असोज २९, पर्वत । पर्वतको हम्पाल क्षेत्रमा घर भएका दुई युवा दश वर्षभन्दा बढी खाडी मुलुक लाहुरे जीवन विताएर अहिले भने गाउँमै केही गर्न जुटेका छन् । युवाहरु ३४ वर्षे हिरा बहादुर पुन र ३१ वर्षे मेक बहादुर पुन खाडीलाई सम्झन पनि चाहदैनन् । हिराले खाडीमा ११ वर्ष विताएका थिए भने मेकले १० वर्ष विताएका थिए । नाताले उनीहरु सालाभिनाजु हुन् । भिनाजु हिरा र साला मेक दुई जना मिलेर ७ लाखको लगानीमा च्याउखेती व्यवसाय गर्न तम्सिएका हुन् । आफ्नो श्रम र पसीना स्वदेशकै माटोमा बगाउने अठोट लिएका उनीहरुले हम्पाल कृषि फर्म मार्फत् व्यावसायिक च्याउखेती गरेका छन् ।

पर्वतको पातीचौरस्थित बाझाखेतमा संचालन गरेको कृषि फर्मबाट अहिले कन्ये जातिको च्याउ दैनिक दुई क्वीण्टल उत्पादन हुन थालेको छ । प्रति केजी ३०० रुपैयामा विक्री गर्ने सोच युवाहरुको छ । युवाहरुले करीव २ रोपनी क्षेत्रफलमा च्याउखेती उत्पादन थालेका छन् । यतिखेर चारवटा टनेलमा करीव १००० वटा पोकाबाट च्याउ उत्पादन हुन थालेको कृषक हिरा बहादुर पुन बताउँछन् । कृषक मेक बहादुर पुनले भने–‘खाडी जादा जादा वाक्क परेर यही केही गर्ने विचार गरेको हुँ ।’ उनको भनाईमा थप्दै कृषक हिराले भने–‘खाडीमा १० वर्ष विताए पनि खासै प्रगती केही भएन । विदेश बसेर पनि खासै केही हुँदोनरहेछ ।’ विदेशबाट नेपाल फर्केपछि केही समय रुमलिएको बताउने कृषकहरु भन्छन्–‘केही समय त रुमलियौ । के गर्ने होला भन्दै हिडेको बेला पोखराका च्याउ कान्छालाई भेटियो । उनकै सल्लाहमा च्याउखेती गर्ने निर्णयमा पुगियो ।’ उनीहरुले बताए अनुसार च्याउ कान्छा अर्थात् बोर बहादुर घर्ती सफल च्याउ कृषक हुन् । च्याउको खेतीमा विश्वासका साथ लागेका कृषकहरुलाई कृषि विकास कार्यालय पर्वतको समेत आर्थिक र प्राविधि सहयोग रहेको उनीहरुको भनाई छ । कृषि कार्यालयले चारवटा टनेल र ४० हजार रुपैया बराबरको सहयोग गर्ने आश्वासन दिएको कृषकहरुले बताए । कृषि कार्यालयको सहयोगले आफूहरु थप उत्साहित बनेको कृषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता