फागुन २९, झापा | बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोधमा व्यवसायीले आज बिर्तामोड बजार बन्द गरेका छन् ।

यही फागुन २० गतेदेखि सम्पर्कविहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो ।

हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताउनुभयो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनचाँदी व्यवसायीसहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । रासस