Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

झापामा चट्याङ लागेर एक युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, झापा | सोमबार राति झापाको भद्रपुरमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ निवासी १९ वर्षीय यामबहादुर लिम्बू रहेका छन् । उनलाई गएराति वर्षासँगै परेको चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो । रासस