२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बलत्कारको आरोपमा बैतडीको एक युवासहित अर्का एक डडेल्धुराबाट पक्राउ

२९ फाल्गुन २०७४, मंगलवार ११:०३

फागुन २९, डडेल्धुरा। डडेल्धुराको छुट्टाछुट्टै स्थानमा एक वृद्धा र एक किशोरीलाई बलत्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  

मंगलबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी ६२ वर्षीय (एकल वृद्धा) र १८ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन २६ गते राति १० बजेको समयमा जिल्लाको गन्यापधुरा–२ का ३२ वर्षीय केशव लुहारले सोही ठाउँकी ६२ वर्षीय वृद्धा महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

लुहारले राति सुतिरहेको अवस्थामा मदिरा सेवन गरी धम्काएर वृद्धालाई उनकै घरमा गएर बलत्कार गरेको पत्ररकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक जोशीले जानकारी गराए ।

यस्तै फागुन २६ मा बैतडीको पुरचौँडी नगरपालिका–२ घर भइ हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का २५ वर्षीय नरेन्द्रबहादुर कँुवरलाई पनि बलत्कारको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको छ ।

कुँवरले कञ्चनपुरको दैजीबाट बझाङको गाडीमा चढाइ दिन्छु भनि झुक्काएर डडेल्धुराको जोगबुढा पुर्याई जोगबुढास्थित एक होटलमा राखी १८ वर्षीया किशोरीलाई बलत्कार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । राति १० बजेको समयमा किशोरीको ईच्छा विपरित जवरजस्तीकरणी गरेकाले कुँवरमाथि आवश्यक कारवाही भइरहेको डिएसपी जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो