हेटौडामा उपप्रमुखको छोराले ज्यान मार्ने धम्कि दिएपछि सुरक्षा माग

Posted on: 13 Mar, 2018

फागुन २९, मकवानपुर | आफुहरुको ज्यान सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले  पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् । 

क्याम्पसमा व्याचस्तरीय फुटबल प्रतियोगितामा क्याम्टेन बन्ने विषयमा विवाद भएपछि लामाले आफ्नो आमाको पदीय मर्यादाको दुरुपयोग गर्दै विद्यार्थीलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

विएससी प्रथम बर्ष दोस्रो समेष्टरका विशाल कोइराला र लामाबीच क्याम्टेन बन्ने विषयमा विवाद भए पनि विवाद मिलिसकेको अवस्थामा फागुन २६ गते दिउँसो छलफल गर्नुछ भनि बाहिरबाट गुण्डा बोलाई मुकुन्द पौडेल र धिरज भट्टलाई कुटपिट गरेको उनीहरुको दावि छ । पौडेल र भट्टलाई कटुपिट गरेको र कोइरालालाई ज्यान मार्ने धम्की दिएकाले सुरक्षाका लागि जिल्ला प्रहरी, क्याम्पस प्रशासनलाई निवेदन समेत दिएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनीहरुले क्याम्पसमा सुरक्षित ढंगले पढ्ने वातावरण तयार गरिदिन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!