२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौडामा उपप्रमुखको छोराले ज्यान मार्ने धम्कि दिएपछि सुरक्षा माग

२०७४, २९ फाल्गुन मंगलवार १२:३६

फागुन २९, मकवानपुर | आफुहरुको ज्यान सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले  पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् । 

क्याम्पसमा व्याचस्तरीय फुटबल प्रतियोगितामा क्याम्टेन बन्ने विषयमा विवाद भएपछि लामाले आफ्नो आमाको पदीय मर्यादाको दुरुपयोग गर्दै विद्यार्थीलाई कुटपिट गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

विएससी प्रथम बर्ष दोस्रो समेष्टरका विशाल कोइराला र लामाबीच क्याम्टेन बन्ने विषयमा विवाद भए पनि विवाद मिलिसकेको अवस्थामा फागुन २६ गते दिउँसो छलफल गर्नुछ भनि बाहिरबाट गुण्डा बोलाई मुकुन्द पौडेल र धिरज भट्टलाई कुटपिट गरेको उनीहरुको दावि छ । पौडेल र भट्टलाई कटुपिट गरेको र कोइरालालाई ज्यान मार्ने धम्की दिएकाले सुरक्षाका लागि जिल्ला प्रहरी, क्याम्पस प्रशासनलाई निवेदन समेत दिएको उनीहरुले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनीहरुले क्याम्पसमा सुरक्षित ढंगले पढ्ने वातावरण तयार गरिदिन सरोकारवाला सबैसंग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस