२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाको गुद्री बजारमा आगलागी हुदा १५ लाख बराबरको क्षति

२०७४, ३० फाल्गुन बुधबार ०५:५०

लहान, ३० फागुन | सिरहाको सुखीपुर नगरपालिका–८ स्थित बजारमा गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् । 

आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा रहेको किराना, फेन्सी स्टोर्स र टेलर्स पसल जलेर नष्ट हुँदा करिब १५ लाख मूल्य बराबरको धनमालको क्षति भएको इलाका प्रहरी कार्यालय, सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले जानकारी दिनुभयो । 

गुद्री बजारस्थित उपेन्द्र साहको किराना पसलबाट अचानक शुरु भएको आगो फैलिएर सञ्जीव गुप्ताको फेन्सी पसल र लटु यादवको टेलर्स पसलभित्र रहेका नगदसमेत जलेर नष्ट हुँदा सो मूल्य बराबरको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

राति पसल बन्द गरेर घर गएका उपेन्द्र साहको किराना पसलबाट आगलागी भएको देखेपछि स्थानीयवासीले पसल सञ्चालक, बारुण यन्त्र र प्रहरीलाई खबर गरेका थिए । विद्युत् चुहावट सर्ट सर्किट भई सो आगलागी भएको अनुमान रहेको प्रहरीले गरेको छ । लहान नगरपालिकाबाट आएको बारुण यन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस