२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा जिल्ला सहकारी संघको स्वर्ण महोत्सव हुने

३० फाल्गुन २०७४, बुधबार ०८:००

फागुन ३०, धुलिखेल | जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आगामी चैत २९ गते स्वर्ण महोत्सव मनाउने भएको छ । 

आज काभ्रेपलाञ्चोकको बनेपामा पत्रकार सम्मेलन गरी जिल्ला सहकारी संघ स्थापनाको ५०आँैं वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव गर्न लागिएको जनाइएको छ । 

‘समृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सदस्यता अभियान’ नाराकासाथ महोत्सव मनाउन लागिएको हो । संघले २५१ सदस्यीय सहकारी स्वर्ण महोत्सव मूलसमारोह समिति गठन गरिसकेको छ । 

“हामीले मूलसमारोह समिति गठन गर्नुका साथै ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनोट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन, ¥याली व्यवस्थापन, अतिरिक्त क्रियाकलाप सञ्चालन एवं मूल्यांकन तथा प्रतिवेदन तयारी समिति लगायतका समिति गठन गरिसकेका छौंँ,” संघका अध्यक्ष विनोद पराजुलीले भन्नुभयो । 

जिल्लाका उत्कृष्ट काम गर्ने सहकारी तथा जिल्लाबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वलाई समेत सम्मान गर्ने सघंले तयारी गरेको जनाएको छ । सोही अवसरमा जिल्ला सहकारी संघको भवन शिलान्यास गर्ने तयारी भइरहेको मूलसमारोह समितिका संयोजक पराजुलीले बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले संघले महोत्सवको नाममा महोत्सव मात्रै गर्ने नभइकन जिल्लामा कतिवटा सहकारी संस्था खुलेको छ, ती सबै सहकारीबाट दैनिक वा मासिक कति रकम बचत हुन्छ र त्यसबाट अर्थतन्त्रमा कतिको टेवा पु¥याइरहेको छ, भन्ने कुरालाई पनि खाकासहित तयार गरेर प्रस्तुत गर्न आवश्यवक रहेको बताउनुभयो । तिमल्सिनाले जिल्लामा सहकारीमार्फत गर्न सकिने सम्भावित आत्मनिर्भरताको विषयलाई पनि उठान गर्नुपर्ने बताउनुभयो । 

जिल्ला सहकारी संघमा हालसम्ममा एक हजार ४९५ वटा सहकारी संस्था आवद्ध रहनुका साथै बचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्देश्यीय, कृषि, उपभोक्ता तथा कफी सहकारी गरी सातवटा विषयगत सहकारी संस्था आवद्ध छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य