१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान

१९ कार्तिक २०७२, बिहीबार ०८:०२

कात्र्तिक १९, पर्वत । पर्वतमा प्लास्टिक झोला निषेधित पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारमा प्लास्टिक झोलाको प्रयोग निषेध गर्न अभियान सुरु भएको छ ।

पोखरामा क्रियाशील आमा नेपालको अगुवाइमा प्लास्टिक झोलाको प्रयोगबाट मानव स्वास्थ्य र वातावरणमा परेको प्रतिकूल प्रभाव न्यून गर्न कुस्मा नगरपालिकाको भण्डारीटोल र आसपासको क्षेत्रमा प्लास्टिक झोला प्रयोग गर्न निषेध गर्ने अभियान सुरु गरिएको हो।

आमा नेपालकी अध्यक्ष शकुन्तला शर्मा सिग्देलले भने,’प्लास्टिक झोलाको प्रयोगबाट हुने नकारात्मक असरका बारेमा समुदायलाई सचेत बनाउँदै कागज र कपडाका झोला थैला प्रयोग गर्न उत्साहित गराउन थालेका छौँ।’

अभियानका बारेमा कुस्मामा भएको छलफलमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले प्लास्टिकले मानव स्वास्थ्यका साथै वातावरण र जलवायु परिवर्तनमा पनि असर पुर्रुयाउने भएकाले यसको प्रयोगमा न्यूनीकरण गर्न अभियानलाई सफल बनाउन आवश्यक भएको बताएका थिए।

कार्यक्रममा स्थानीय विकास अधिकारी शिवप्रसाद रिजालले पर्वत जिल्लालाई प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि नयाँ कार्ययोजना बनाउनुपर्नेमा जोड दिँदै यसको प्रयोगमा वैकिल्पक वस्तुहरुको विकास गर्न जरुरी रहेको छ भने।

पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले प्लास्टिक मुक्त जिल्ला बनाउनका लागि सम्पूर्ण व्यवसायीका तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका सुरक्षा पन्तलाई मापसे गरेर गाडि नचलाउने सल्लाह आएपछि… अडानी समूहको गल्फ जायन्ट्सबाट यो वर्ष पनि आईएलटी-२० खेल्दै दिपेन्द्र सिंह ऐरी स्याङ्जामा ट्याक्टर पल्टिँदा १ को मृत्यु, ३ जना घाइते आज सामान्य घट्यो सुनचाँदीको मूल्य क्रिसमसको अवसर पारेर नेपाली चलचित्र ‘देववाणी’ आजबाट प्रदर्शनमा मोरङमा अचेत अवस्थामा भेटिएकी महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा ३ जना पक्राउ चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल एमालेको सचिवालय बैठक आज बस्दै आज भव्यताका साथ क्रिसमस डे मनाइदैँ यस्तो रहने छ आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई