२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कृषकहरुलाई प्राङ्गारिक मलमा अनुदान

२०७२, १९ कार्तिक बिहीबार ०८:४३

कात्तिक १९, पर्वत / जिल्ला कृषि विकास कार्यालय पर्वतले कृषकलाई प्राङ्गारीक मलमा अनुदान दिने भएको छ । कार्यालयको आ.व. ०७२/०७३ को स्वीकृत कार्यक्रम अनुसार कृषकहरुलाई प्राड्गारिक मलमा प्रति किलो दश रुपैयाँ अनुदान दिने भएको हो । उक्त अनुदानको मल प्राङ्गारिक कृषि क्षेत्र, व्यवसायिक कृषि क्षेत्र, पशु पालन कम भएका क्षेत्र र अन्य कुनै कारणल माटो खराव भएको क्षेत्रमा वितरण गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला मल आपुर्ति तथा वितरण व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल को अध्यक्षतामा वसेको समितिको वैठकले उक्त निर्णय गरेको हो । यस कार्यक्रम अन्तरगत प्रति कृषकले वढीमा १ हजार ५ सय के.जी. सम्म अनुदानको मल प्राप्त गर्न सक्ने बताइएको छ । माटो विकास निर्देशनालयामा सुचिकृत भएका मल उद्योगीहरुले जिल्लामा डिलर मार्फत उक्त मल कार्यालय उपलब्ध गराउने जनाएको छ ।

मल खरिद गर्न चाहने ईच्छुक कृषकहरुले निवेदनको साथमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी, जग्गाको लालपुर्जाको प्रतिलिपी र कृषि सेवा केन्द्र एवं सम्पर्क केन्द्रको सिफारिस समेत पेश गर्नु पर्ने कार्यालयले जनाएको छ । यस वर्ष एक सय मेक्ट्रिक टन प्राङ्गारिक मल अनुदानको लागी दश लाख रुपैयाँ प्राप्त भएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।

पछिल्लो समयमा रसायनीक मल प्रयोगका कारण जिल्लामा अम्लीयपना बद्दै गएका कारण कृषकलाई प्राराङ्गी मल तर्फ आकार्षित गर्नको लागि कृषि मन्त्रलायले यस्तो नीति ल्याएको हो । रसायनिक मलको अत्याधिक प्रयोगका कारण तरकारी, फलफूत, सागपात तथा अन्य उत्पादनतत्वमा अत्याधिक विषादी फेला परेका कारण सर।कारले प्राराङ्गीक मलमा कृषकलाई अुनदान दिन थालेको हो । प्राराङ्गीक मलमा अनुदान दिन थालेसँगै रसायनिक मलको प्रयोगमा न्यूनिकरण आउन सक्ने कृषि विज्ञको ठम्माई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला