२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कापी कलम समाउने हात इँट्टा बनाउँदै थाक्छ ११ वर्षीय सुनिलको

२०७४, १ चैत्र बिहीबार ११:२५

रमेश गिरी/चैत १, भक्तपुर | एघार वर्षीय सुनिल कुँवर इँट्टा बनाउने साँचो निकै छिटो चलाउँछन् । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने उमेरको हात भक्तपुरको झौखेलस्थित एक इँट्टा भट्टामा परिवारसँगै इँट्टा बनाउँदा र इँट्टा पल्टाउँदैमा थाक्छ । 


कानमा ठूलो मुन्द्रा, जगेल्टे कपाल बनाएका कुँवर इँट्टा बनाउने साँचोमा बालुवा हाल्छन्, भुइँमा ढ्वाक ढ्वाक दुई पटक बजार्छन् अनि हिलो माटो उचालेर साँचोभित्र बेस्सरी हाल्छन्, त्यसलाई तारले सिधा पारेर काट्छन र भुइँमा घोप्ट्याउँछन् । अनि तयार हुन्छ एउटा इँट्टा । 


ल्यान कपुरकोट नगरपालिका–६ घर भई परिवारसँगै इँट्टाभट्टामा आएका उनी यसैगरी एक मिनेटमा कम्तीमा एक वटा इँट्टा बनाउँछन् । यो उनको दिनचर्या हो । भक्तपुरका ६२ वटा इँट्टाभट्टामा यस्ता सयौँ बालबालिका यसैगरी बिहानैदेखि आफ्नो खलोमा गएर इँट्टा बनाउने र साँझ इँट्टा पल्टाउने काममा व्यस्त रहन्छन् । 

“कापी किताब पल्टाउनभन्दा इँट्टाको साँचो पल्टाउनै सजिलो लाग्छ मलाई त ? पढ्नै मन लाग्दैन,” उनी हाँसी हाँसी भन्छन्, “इँट्टा पार्दा, इँट्टा पल्टाउँदा हात त थाक्छ नि, राति झ्यालीमा गयो, भुक्लुक्क सुत्यो ।” ३८ वर्षीय आमा लक्ष्मी कुँवरको चार सन्तान छन् । चौध वर्षमा विवाह गर्नुभएकी उहाँको जेठो छोरा र बुहारी इँट्टा बोक्छन्, १५ वर्षीया छोरी सरिता पनि इँट्टा बोक्छिन्, काखमा तीन वर्षकी छोरी बोकेर उहाँ पनि श्रीमान्सँगै इँट्टा बनाउनै व्यस्त हुनुहुन्छ । “बा–आमा र भाइ इँट्टा पार्छन्, म र दाइभाउजू इँट्टा बोक्छम, कमाई कति हुन्छ, मलाई थाहा छैन, हिसाब बा ले राख्छन्”, १५ वर्षीया सरिता भन्छिन्, “गाउँमा ३ कक्षासम्म पढेकै हो, त्यसपछि बा, आमासँगै यतै आइयो, अचेल पढ्न मन लाग्दैन, यहीँ इँट्टा बोक्नै रमाईलो लाग्छ ।” 

भक्तपुर जिल्लालाई सन् २०१८ भित्र बालश्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानलाई इँट्टाभट्टाका यिनै बालबालिकाले चुनौती दिइरहेका छन् । रामेछाप फर्कश्वारबाट भक्तपुरको सुडालस्थित एक इँट्टाभट्टामा काम गर्न आएका १२ वर्षीय इनोद तामाङले पनि पढ्न छाडे । बाबुआमा नभएपछि काकासँग गाउँमा बस्दै आएका उनी इँट्टाभट्टाका नाइकेसँग यहाँ काम गर्न आएका हुन् । “पढ्न त मन लाग्थ्यो, काकाले स्कूल नपठाउनु भएर, घरकै काम गर्नुभन्दा नाइकेले इँट्टाभट्टामा काम गर्न जाम भनेपछि यतै आए, अहिले इँट्टा पारेर दिनको २०० कमाउँछु,” उनी भन्छन्, “अब पढ्दिन, गाउँ पनि जान्न, भट्टा बन्द भएपछि अन्तै काम खोज्छु ।” 

किताब कापीले भरिएको झोला बोक्ने काँधमा दैनिक इँट्टा बोक्छिन् १४ वर्षीया रीता कुँवर । झौखेल भैरब चिम्नी इँट्टा उद्योगमा इँट्टा बोक्ने उनी भन्छिन्, “एक पटकमा २२ वटा इँट्टा बोक्छु, दिनमा एक हजारदेखि १५ सयसम्म इँट्टा बोक्छु, इँट्टा बोकेर दिनमा ३०० कमाउँछु ।” कमाई ३०० भए पनि खर्च उत्तिकै हुने बताउने कुँबर भन्छिन्, “अब त पढ्दिन, यतै साथीसँग रमाइलो लाग्छ, किताबको चाङ बोक्न सजिलो भए पनि मन त इँट्टा बोक्नै लाग्छ ।” यो इँट्टाभट्टामा मात्रै २० भन्दा बढी बालबालिका इँट्टा बोक्न व्यस्त देखिन्छन् । हेर्दा सानै देखिने बालबालिकालाई अपरिचित व्यक्तिले उमेर सोधे १८ वर्ष भन्छन् । इँट्टाभट्टाका मालिकले नै उमेर बढाएर भन्न सिकाउने गरेको बालबालिकाका परिवार बताउँछन् । 

इँट्टा व्यवसायी भने सकेसम्म बालबालिकालाई काममा नलगाउने बताउँछन् । आमाबाबुसँग आएका बालबालिकालाई उनकै परिवारले काममा लगाउने गरेको सञ्चालकको दाबी छ । इँट्टाभट्टामा विशेषगरी नाइकेले नै बालबालिकालाई श्रमका लागि इँट्टाभट्टामा ल्याउने गरेको सञ्चालक बताउँछन् । इँट्टाभट्टा सञ्चालकले तोकेको नाइकेले गाउँबाट काम गर्ने मजदुर ल्याउने ठेक्का पाउँछ, त्यसै अनुसार नाइकेले बालश्रमिकसमेत ल्याउने गरेको सञ्चालक बताउँछन् । मजदुर ल्याएबापत नाइकेले प्रतयेक मजदुरबाट मासिक रुपमा कमिसनसमेत पाउने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस