४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

कापी कलम समाउने हात इँट्टा बनाउँदै थाक्छ ११ वर्षीय सुनिलको

१ चैत्र २०७४, बिहीबार ११:२५

रमेश गिरी/चैत १, भक्तपुर | एघार वर्षीय सुनिल कुँवर इँट्टा बनाउने साँचो निकै छिटो चलाउँछन् । हातमा कापी कलम समाएर पढ्ने, लेख्ने उमेरको हात भक्तपुरको झौखेलस्थित एक इँट्टा भट्टामा परिवारसँगै इँट्टा बनाउँदा र इँट्टा पल्टाउँदैमा थाक्छ । 


कानमा ठूलो मुन्द्रा, जगेल्टे कपाल बनाएका कुँवर इँट्टा बनाउने साँचोमा बालुवा हाल्छन्, भुइँमा ढ्वाक ढ्वाक दुई पटक बजार्छन् अनि हिलो माटो उचालेर साँचोभित्र बेस्सरी हाल्छन्, त्यसलाई तारले सिधा पारेर काट्छन र भुइँमा घोप्ट्याउँछन् । अनि तयार हुन्छ एउटा इँट्टा । 


ल्यान कपुरकोट नगरपालिका–६ घर भई परिवारसँगै इँट्टाभट्टामा आएका उनी यसैगरी एक मिनेटमा कम्तीमा एक वटा इँट्टा बनाउँछन् । यो उनको दिनचर्या हो । भक्तपुरका ६२ वटा इँट्टाभट्टामा यस्ता सयौँ बालबालिका यसैगरी बिहानैदेखि आफ्नो खलोमा गएर इँट्टा बनाउने र साँझ इँट्टा पल्टाउने काममा व्यस्त रहन्छन् । 

“कापी किताब पल्टाउनभन्दा इँट्टाको साँचो पल्टाउनै सजिलो लाग्छ मलाई त ? पढ्नै मन लाग्दैन,” उनी हाँसी हाँसी भन्छन्, “इँट्टा पार्दा, इँट्टा पल्टाउँदा हात त थाक्छ नि, राति झ्यालीमा गयो, भुक्लुक्क सुत्यो ।” ३८ वर्षीय आमा लक्ष्मी कुँवरको चार सन्तान छन् । चौध वर्षमा विवाह गर्नुभएकी उहाँको जेठो छोरा र बुहारी इँट्टा बोक्छन्, १५ वर्षीया छोरी सरिता पनि इँट्टा बोक्छिन्, काखमा तीन वर्षकी छोरी बोकेर उहाँ पनि श्रीमान्सँगै इँट्टा बनाउनै व्यस्त हुनुहुन्छ । “बा–आमा र भाइ इँट्टा पार्छन्, म र दाइभाउजू इँट्टा बोक्छम, कमाई कति हुन्छ, मलाई थाहा छैन, हिसाब बा ले राख्छन्”, १५ वर्षीया सरिता भन्छिन्, “गाउँमा ३ कक्षासम्म पढेकै हो, त्यसपछि बा, आमासँगै यतै आइयो, अचेल पढ्न मन लाग्दैन, यहीँ इँट्टा बोक्नै रमाईलो लाग्छ ।” 

भक्तपुर जिल्लालाई सन् २०१८ भित्र बालश्रम मुक्त जिल्ला घोषणा गर्ने अभियानलाई इँट्टाभट्टाका यिनै बालबालिकाले चुनौती दिइरहेका छन् । रामेछाप फर्कश्वारबाट भक्तपुरको सुडालस्थित एक इँट्टाभट्टामा काम गर्न आएका १२ वर्षीय इनोद तामाङले पनि पढ्न छाडे । बाबुआमा नभएपछि काकासँग गाउँमा बस्दै आएका उनी इँट्टाभट्टाका नाइकेसँग यहाँ काम गर्न आएका हुन् । “पढ्न त मन लाग्थ्यो, काकाले स्कूल नपठाउनु भएर, घरकै काम गर्नुभन्दा नाइकेले इँट्टाभट्टामा काम गर्न जाम भनेपछि यतै आए, अहिले इँट्टा पारेर दिनको २०० कमाउँछु,” उनी भन्छन्, “अब पढ्दिन, गाउँ पनि जान्न, भट्टा बन्द भएपछि अन्तै काम खोज्छु ।” 

किताब कापीले भरिएको झोला बोक्ने काँधमा दैनिक इँट्टा बोक्छिन् १४ वर्षीया रीता कुँवर । झौखेल भैरब चिम्नी इँट्टा उद्योगमा इँट्टा बोक्ने उनी भन्छिन्, “एक पटकमा २२ वटा इँट्टा बोक्छु, दिनमा एक हजारदेखि १५ सयसम्म इँट्टा बोक्छु, इँट्टा बोकेर दिनमा ३०० कमाउँछु ।” कमाई ३०० भए पनि खर्च उत्तिकै हुने बताउने कुँबर भन्छिन्, “अब त पढ्दिन, यतै साथीसँग रमाइलो लाग्छ, किताबको चाङ बोक्न सजिलो भए पनि मन त इँट्टा बोक्नै लाग्छ ।” यो इँट्टाभट्टामा मात्रै २० भन्दा बढी बालबालिका इँट्टा बोक्न व्यस्त देखिन्छन् । हेर्दा सानै देखिने बालबालिकालाई अपरिचित व्यक्तिले उमेर सोधे १८ वर्ष भन्छन् । इँट्टाभट्टाका मालिकले नै उमेर बढाएर भन्न सिकाउने गरेको बालबालिकाका परिवार बताउँछन् । 

इँट्टा व्यवसायी भने सकेसम्म बालबालिकालाई काममा नलगाउने बताउँछन् । आमाबाबुसँग आएका बालबालिकालाई उनकै परिवारले काममा लगाउने गरेको सञ्चालकको दाबी छ । इँट्टाभट्टामा विशेषगरी नाइकेले नै बालबालिकालाई श्रमका लागि इँट्टाभट्टामा ल्याउने गरेको सञ्चालक बताउँछन् । इँट्टाभट्टा सञ्चालकले तोकेको नाइकेले गाउँबाट काम गर्ने मजदुर ल्याउने ठेक्का पाउँछ, त्यसै अनुसार नाइकेले बालश्रमिकसमेत ल्याउने गरेको सञ्चालक बताउँछन् । मजदुर ल्याएबापत नाइकेले प्रतयेक मजदुरबाट मासिक रुपमा कमिसनसमेत पाउने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ