चैत ३, सल्यान । शनिबार बाँगेलाखुरी बजार आगाली भएको प्रति नेपाल कम्युनिष्ट पार्टी सल्यानले विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ –“दिउसो सल्यानको बागचौर नगरपालीका ५ मा रहेको बाँगेलाखुरी बजारमा किराना पसलबाट लागेको आगलागिले दर्जन बढि घरमा क्षति पुगेकोमा हाम्रो ध्यान केन्द्रित छ । स्थानिय सरकार बनेपछि सल्यानमा पनि जनतालाई २ सय प्रतिशत भन्दा बढिले कर थोपरेको सरकारले खुलेआम पेट्रोल बेच्दा पनि मुकदर्शक भएर बस्दा त्यसले बजारबासीलाई ठुलो क्षति पुग्यो । घटनाप्रति मुख्य जिम्मेवार वर्तमान सत्ता भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिन भन्दै पार्टीले संचालन गरेको जनपरिषदले जनकार्वाहीको लागि चेतावनी दिन्छ ।”

विज्ञप्तीमा भनिएको छ- “लाखौ वेरोजगारलाई झनै वेरोजगार बनाउदै परदेश धकेलेर सर्वसाधारण गरिव जनतामा बाँझो जमिनको अनावश्यक कर थुपारेको सरकार करछली, भ्रष्टाचारी र कालो बजारीयालाई प्रशय दिइरहेको छ ।”

यस्तो छ विज्ञप्तीकाे पुर्ण पाठ

नेपाल कम्युनिष्ट पार्टी

जिल्ला समिति सल्यान

विषय: प्रेस विज्ञप्ती

देशमा राजनीतिक अधिकार दिन नसकेको कथित सरकारले स्थानिय तहसम्म जनतालाइ अनावश्यक कर अनि त्यहि अनुसारको दुःख दिइरहेको छ ।

सिहदरबार जनता माझ ल्याएको जनाउने कथित सरकार संसदिय व्यवस्थाको सिहदरबारको अधिकार हैन भ्रष्टाचार बोकेर गाउमा आएको छ । त्यसैका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकिकृत क्रन्तिबाट निरन्तर क्रान्तिको मैदानमा छ ।

देश दलालको हातमा पुगेर जनता भ्रष्टाचार, बलात्कार, सामाजिक भेदभाव, कुरिती, कुसंस्कृती र अन्यायको शिकार भैरहनुपरेको छ । हाम्रो पार्टी त्यसको विरोधमा निरन्तर संघर्षमा छ ।

लाखौ वेरोजगारलाई झनै वेरोजगार बनाउदै परदेश धकेलेर सर्वसाधारण गरिव जनतामा बाँझो जमिनको अनावश्यक कर थुपारेको सरकार करछली, भ्रष्टाचारी र कालो बजारीयालाई प्रशय दिइरहेको छ ।

त्यसकै ज्वलन्त उदाहरण शनिबार मात्रै पनि सल्यानको बागचौर नगरपालीका ५ मा रहेको बाँगेलाखुरी बजारमा किराना पसलबाट लागेको आगलागिले दर्जन बढि घरमा क्षति पुगेकोमा हाम्रो ध्यान केन्द्रित छ । स्थानिय सरकार बनेपछि सल्यानमा पनि जनतालाई २ सय प्रतिशत भन्दा बढिले कर थोपरेको सरकारले खुलेआम पेटोल बेच्दा पनि मुकदर्शक भएर बस्दा त्यसले बजारबासीलाई ठुलो क्षति पुग्यो ।

घटनाप्रति मुख्य जिम्मेवार वर्तमान सत्ता भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिन भन्दै पार्टीले संचालन गरेको जनपरिषदले जनकार्वाहीको लागि चेतावनी दिन्छ ।

लोकपाल केसी (क. महेन्द्र)

जिल्ला सेक्रेटरी

नेकपा सल्यान

चैत्र ३, २०७४

March 17, 2018
समाज, सल्यान - SLN
सल्यान अागलागीमा नेकपाकाे धारणाः सरकारलार्इ दियाे यस्ताे चेतावनी !
By साझासवाल
6 मिनेट पढाइ