२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कुश्मा नगरपालीका सरसफाईका लागि सरोकारवालाहरुविच छलफल

२०७२, २ मंसिर बुधबार १३:२६

मंसिर २, पर्वत । कुश्मा नगरपालीका क्षेत्रमा सरसफाईका लागि जिल्लाका सरोकारवालाहरुविच छलफल भएको छ । कुश्मा नगरपालीका कार्यालयको आयोजनामा वुधवार उद्योग वाणिज्य संघको सभाहलमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

पर्वत जिल्लामा आउनुभएका प्रजिअ झंकनाथ ढकालले सदरमुकाम आसपास लगायत पर्वत जिल्लामा सरसफाईको अभियान संचालन गरेपछि सदरमुकामबासीहरुले दिर्घकालीन ढंगले सदरमुकामलाई सफा र स्वच्छ बनाउन पद्धत्तिको विकास गर्नुपर्ने बताएका थिए । जिल्लाका विभिन्न राजनैतिक दल, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, प्रनाउ, शसस्त्रका प्रमुख, कुनपा कार्यलयका प्रमुख, विभिन्न संघसंस्था लगायतका महानुभावहरुले सरसफाईका लागि आफ्नो तर्फबाट डस्वीन दिएर सहयोग गर्ने भएका छन् ।

उक्त कार्यक्रममा वोल्ने वक्ताहरुले नगरपालीका भित्र सरसफाईलाई चुस्त पार्न टोल सुधार समिति परिचालन गर्नुपर्ने, सडकका नालीहरु ब्यवस्थीत गर्नुपर्ने, भत्केका सडकहरुको पुननिर्माण लगायतका कामहरु समेत सिघ्र रुपमा गर्नुपर्ने लगायतका सुझाव दिएका थिए । जिल्लामा सरसफाईका लागि प्रत्येक हप्ताको सनिवार जिल्लाका कर्मचारी लगायत सदरमुकामबासी जुटेर सामुहिक रुपमा सरसफाईमा लाग्ने बताइएको छ । यस अघि प्रजिअ ढकालको अगुवाईमा सदरमुकाममा सरसफाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण