२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा लामखुट्टे आतंक, नगरपालिका मस्त निद्रामा

२०७४, ३ चैत्र शनिबार १८:०६

बिनय यादव | चैत ३, सिरहा | गर्मी सुरु भएसंगै मिर्चैयामा लामखुट्टे आतंक फैलिएको छ । गर्मी महिनामा बढी हुने लामखुट्टेको टोकाइबाट मिर्चैयाबासी हैरान भएका छन् । लामखुट्टेको आतंक बढेपछि पिडित बनेका मिर्चैयाबासी यसको निराकरणको प्रयास नहुँदा झनै समस्यामा परेका छन् ।

नगरपालिकाको नाला तथा खाल्डोहरुमा पानी जमेर बिकराल रुपमा बढेका लामखुट्टेहरुले बिहान, बेलुकादेखि रातीसम्म आतंक मच्चाउन थालेपछि त्यसबाट डेंगु, मलेरिया लगायतका रोगहरु बढ्न सक्ने आशंका स्वास्थ्यकर्मीहरुले बताउछ्न् ।

नगर क्षेत्रभित्र बढेको लामखुट्टे नियन्त्रण गर्न मिर्चैया नगरपालिका कार्यालयले कुनै पहल नथालेपछि समस्या झनै बढेको स्थानीयहरुले बताए । एक स्थानीयले भने, ‘अब त खाना खाने, पढने, टिभि देख्ने, सुत्ने देखि लिएर शौच गर्ने समयमा समेत लामखुट्टेहरुले टोक्न थालेका छन्, दिनदिनै गर्मि बढी रहेकोे छ, लामखुट्टेकै कारण खुल्ला ठाँउमा बस्न समेत नसकिने भइयो’ घर भित्र पनि साँझ पर्नासाथ झुलमा बस्नु परेको बाध्यता छ ।' लामखुट्टेका कारण आफुहरुको दैनीक समस्यामा परेको भन्दै त्यसको समाधान गर्न स्थानीयले नगरपालिकासँग माग समेत गरे ।

नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका नाला र फोहरको उचित व्यवस्थापन नहुँदा बढ्दै गएको लामखुट्टे आतंकलाई नियन्त्रण गर्न नगरपालिका कार्यालयले औषधि नछर्दा समस्या झनझन बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस