२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रेमीका निशाको गलामा पासो, प्रेमी दिपकको मुहारमा हाँसो…

२०७४, ४ चैत्र आईतवार ०३:२६

प्रेम सुनार | चैत ४ गुल्मी ।  नेपाली एउटा गितले गुल्मीमा हालै घटेको घटनालाई आत्मासात गरेको छ । गुल्मी सिमिचौरकी  निशा बस्नेतले प्रेमी दिपक पाण्डेको साईवर आतंकाका कारण गलामा पासो लगाएर देह त्याग गरेकी छन भने उनका प्रेमी भनिएका सिमिचौर आमडाडाका दिपक पाण्डेको ओठमा भने जिल्ला  प्रहरी कार्यालयको हिरासतमा हुँदा पनि हाँसो देखिएको स्थानियले बताए । 

जिल्ला प्रहरी कार्यालयमा भेटन गएका स्थानियले ‘त्यति ठुलो  गल्ती गरिस अव जाने भईस…’  के भन्न पाएका थिए पश्चतापको मुद्रामा देखिनु पर्ने पाण्डे मुसुक्क मुस्कुराएका थिए । हिजो  दिउँसो यो समाचारदाता स्थलगत रिर्पोटका लागि शोकाकुल निशाका परिवारको घरमा पुगेको थियो । स्थानियले भने–‘ निज पाण्डेलाई कडा भन्दा कडा कारवाहीको माग गर्दछौं , सञ्चार माध्यमको हामीलाई साथ चाहिन्छ । हामी पुग्दा घरमा सन्नाटा छाएको थियो । 

नेपाली सेनामा कार्यरत रहेका निशाका दाजु तालिम गर्दा गर्दै घर आएका थिए । उनको गहभरी आँशु थियो । ‘अँस्ती मात्रै फोनमा कुरा भएको थियो । राम्ररी पढ बहिनी भनेको थिएँ त्यस पापीले आज यस्तो गरी दियो, त्यसलाई कारवाही नगरे मेरा जस्ता हजारौ लाखौ वहिनी मर्ने छन् ’उनले भने । निशाका आमा वुवा एकहोरो हेरिरहेका थिए । निशाको मृत्युको दिन देखि उनिहरु मौन छन् । उक्त दिन कति वेला तम्घासबाट निशा आएकी थिईन ? भनेर के सोध्न पाएको थिए वावु नरबहादुर बस्नेत एक्कासी भक्कानिदै भने–‘ अघि पछि खाना नपकाउने मेरी छोरीले आउन वित्तिकै आज म खान पकाउँ छु भनि र पकाएर खाना खुवाई ।

अन्तिमा रहे छ र पो आफ्ना हातले खाना खुवाई, आफु भने निरास चेहरामा थिई , त्यति मन लागेर खान पनि खाईन । खाना खाई सके पछि माथी ओसारीको कोठामा गई दिउँसो चिया पाकेर वोलाउँदा नआए पछि उठाउन जाँदा त्यो हालतमा देख्नु पर्यो..गला अवरुद्ध पार्दै बाबुले भने । आमाको ओठ मुख र आँखामा आँशु सुकि सकेका  थिए । एक्कासी भक्कानो मात्रै छाडिन । छिमेकीहरुको रुवावासी संगै यो समाचारदाताको पनि आँशु थामिएन । निशा तम्घासबाट एक पटक वावु आमाको मुहार देखेर घरमै  देह त्याग गर्छु  भनेरै आएको उनको त्यस दिनको निरासापनले देखाएको परिवारका सदस्य बताउँ छन् ।  फेशवुकमा उनको फोटा जोडेर राख्ने दिपक पाण्डेका चार पाच वटी अरु  युवतीहरु संग पनि लभ चक्कर भएको थाह पाए पछि निशा पछिल्लो चरण उनि संग टाढिएको उनका नजिकका साथीहरु बताउँ छन् । 

त्यसको चार दिन अघि मात्र निशालाई आर्मीको लाहुरे माग्न आएका रहेछन् । कुरा चल्दै थियो , पढ्दै छ उसलाई नसोधी कसरी  हुन्छ भनौ भन्ने सोचमा रहे छन परिवारजन । भन्दै थिए बरु उसलाई दिएको भए यस्तो घटना घट्दैन्थ्यो कि ?  निशाको दर्दनाक यस घटनालाई  प्रत्यक्ष  भिडियो र अडियोमा हेर्न सुन्नका लागि यस हप्ताको ओझेका खवरको प्रतिक्षा गर्नु होला .. ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण