२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सवारी दुर्घटना हुदा ८ जना घाइते

२०७४, ४ चैत्र आईतवार ०७:११

चैत  ४, चितवन | मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीन सवारी साधन ठोक्किँदा आठ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान १०:३० बजे भरतपुर महानगरपालिका–३ आँपटारी नजिक मुग्लिनतर्फबाट आउँदै गरेका सवारी ठोक्किएका थिए । प्रहरीका अनुसार बा १८च १३२२ नं को कारले ब्रेक लगाएपछि पछाडिबाट आउँदै गरेको बा १७ च५१३५ नं को स्कारपियो कारमा ठोक्किएको थियो । स्कारपियोको पछाडिबाट आउँदै गरेको ग १ ख ५९२५ नं को ट्रक स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा परी घाइते भएका आठ जनामध्ये सात जनाको चितवन मेडिकल कलेज र एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । कार र स्कारपियोमा आउँदै गरेका यात्रु निजामती कर्मचारी युनियन (संघ)को महाधिवेशनमा सहभागी हुनआएका प्रतिनिधि हुन् । ट्रकका चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा