२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा चरेशसहित एक महिला पक्राउ

२०७४, ४ चैत्र आईतवार ०७:५७

चैत ४, रोल्पा | सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् । 

रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको छ । “डेरामै लुकाएर राखिएका अवस्थामा सो चरेश पक्राउ गरेका हौ”, प्रहरी प्रवक्ता पन्थीले भन्नुभयो । 

अभियुक्त विकलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानपछि उनलाई लागुऔषध कारोवार ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले बताएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा