Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एसइई परिक्षामा मुगुबाट १४ सय २५ बिद्यार्थी सहभागी हुदै

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर रोकाया/चैत ४ मुगु | आगामी चैत्र ८ गतेवाट संचालन हुने यस वर्षको माध्यामिक शिक्षा परीक्षामा मुगुबाट १४ सय २५ जना बिद्यार्थी परिक्षमा सहभागी हुदै छन ।

जिल्ला भरी तोकिएका ७ वटा परिक्षा केन्द्रमा नियमित तर्फका ११ सय ५५ र एक्जामटेड तर्फका २७० जना गरेर १४ सय २५ जना बिद्यार्थी परिक्षमा सहभागी हुने भएका हुन ।

परिक्षा केन्द्र तोकिएका रारा बहुमुखि क्यामपस, श्री महाकाली मा वि श्रीनगर, प्रभात मा वि रोवा , भवानी मा वि पुरुमुरु , बिजय मा वि कालै, मष्टा मा वि रातापानी लोकप्रिय मा वि गम्था गरी ७ वटा परिक्षा केन्द्रमा छात्र छात्रा गरेर १४ सय २५ जना बिद्यार्थी परिक्षामा सहभागी हुने निमित्त जिल्ला शिक्षा अधिकारी धनशुद्धन चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका छ वटा परिक्षा केन्द्रमा गरेर ११ सय ५५ जना नियमिततर्फ परिक्षार्थीले परिक्षा दिईने भएका छन भने जिल्ला भरीका २७० जना एक्जाम्टेड तर्फका परिक्षार्थीले सदरमुकमा गमगढी स्थित श्री माहाकाली मावि श्रीनगरमा परिक्षा दिईने निमित्त जिल्ला शिक्षा अधिकारी चौलागाईको भनाई छ ।

७ वटै परिक्षा केन्द्रमा भोलीबाट प्रश्न पत्र, उत्तर पुस्तिका सहित केन्द्राध्यक्षको टोली त्यस तर्फ जाने जिल्ला शिक्षा कार्यलय मुगुले जनाएको छ । यसै बिच यस बर्षको क् भ् भ्  परिक्षा लाई मर्यादित रुपमा सम्पन्न गर्न जिल्ला स्थित सरोकारवाला निकायले आ आफनो क्षेत्र बाट भरपुरु सहयोग गर्ने प्रतिबद्धता गरेका  छन । आज सदरमुकाम गमगढीमा आयोजित केन्द्रध्यक्ष संगको अभिमुखिकरण कार्यक्रमा बिगतका बर्षको तुलानामा यस बर्षको ( एसइई ) परिक्षा लाई सभ्य र मर्यादित बनाउने सरोकारवाला निकायले प्रतिबद्धता गरेका हुन ।  विगतका बर्षहरुमा क् भ् भ्  परिक्षामा  चिट चोर्ने र चोराउनेको हावि भईरहेका बेला यो बर्ष भने त्यस्तो नहुने र चिट चोर्ने र चोराउने लाई नियम अनुसार कार्वही गरिने बताईएको छ । क् भ् भ् परिक्षा लाई मर्यादित बनाउन आंचारसहिता समेत लागु गरिने भएको छ ।

परिक्षा अवधिभर बिषयक शिक्षक परिक्षा स्थल वरपर नबस्ने ,परिक्षा केन्द्र वरिपरि फोटोकपि प्याक्स जस्ता मेसिन नराख्न पाईने, परिक्षाथि अपांग भएमा अग्रमि जानकारी गराई अपांग परिचय प्रत्र पेश गरेमा मात्र समय थप गरीने तथा दुवै आँखा दुवै हात नभएका बोल्न नसक्ने लाई मात्र समय थप गरीने जिल्ला परिक्षा समन्वय समितिले जनाएको छ । परिक्षा अवधिभर कसैले उत्शृखल क्रियाकलाप गरेमा नियम अनुसार ६ महिला कैद र १ लाख जरिवाना गरीने जिल्ला परिक्षा समन्वय समितिमा अध्यक्ष उमाकान्त अधिकारीले जानकारी दिनुभयो ।