११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङको एक बालगृहलाई ४० लाख दान

५ चैत्र २०७४, सोमबार ०६:४६

चैत ५, लमजुङ | लमजुङको एक बालगृहमा रु ४० लाखभन्दा बढी रकम सहयोग जुटेको छ । बेसीशहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा अक्षयकोष स्थापनार्थ सो सहयोग प्राप्त भएको हो । 

संस्थाकी अध्यक्षसमेत रहनुभएकी बेसीशहरकी सानुमाया गुरुङले रु ४० लाख ११ हजार १११ दान गर्नुभएको हो । संस्थापक अध्यक्ष स्व लेखनाथ अधिकारीको पाँचाँै स्मृति दिवसको अवसरमा आइतबार उहाँले सो रकम प्रदान गर्नुभएको हो । 

गुरुङले आफूले पाएको पुख्र्यौली पेवा बिक्री गरी बालगृहमा दान गरेको बताउनुभयो । “अभिभावक नभएका कुनै पनि बालबालिका बाल अधिकारबाट वञ्चित नहोऊन्”, गुरुङले भन्नुभयो “उनीहरुको पालनपोषण र शिक्षादीक्षामा बालगृहले सहयोग गर्नुपर्छ ।” गुरुङसँगै स्थायी घर गिलुङ भई हाल पोखरा बस्ने राधादेवी घलेले रु १० हजार एकसय, बेसीशहर–८ निवासी पार्वती श्रेष्ठले स्वर्गीय श्रीमान् नन्दमान श्रेष्ठको सम्झनामा रु १० हजार १११ र हाल पोखरी बस्ने उस्ताकी वर्तामाया घलेले रु १० हजार १०० सहयोग प्रदान गर्नुभएको थियो । २०६० सालबाट सञ्चालन गरिएको उक्त बालगृह हाल मुट्ठीदानबाट सञ्चालनमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि