३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हिंसा विरुद्ध र्याली

९ मंसिर २०७२, बुधबार ०८:३६

मंसिर ९, पर्वत / हरेक बर्षको २५ नोभेम्बरमा मनाइने अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान बुधबार देखि सुरु भएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनर्निर्माण, शिक्षा र समान ब्यबहार’ भन्ने मूल नाराका साथे लैंगिक हिम्सा बिरुद्दको १६ दिने अभियान बुधबारदेखि शुरु भएको हो । अभियानको अबसरमा पर्वत जिल्लामा महिला हिंसा विरुद्ध ¥याली प्रदर्शन गरीएको छ । लैगिक हिंसा विरुद्धमा आयोजना गरिएको ¥याली प्रदशीनीमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी, महिला मानवअधिकारीकर्मी तथा महिलाको हक हितका लागि आवाज उठाउने संघसंस्थाहरुले संयुक्त रुपमा ¥याली प्रदर्शन गरेका थिए ।

सदरमुकाममा आयोजना गरिएको लैगिक हिंसा विरुद्धको १६ दिने अभियानमा बोल्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लैगिक हिंसा अन्त्य गर्नको लागि महिला पुरुष दुवै सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको औलाए । महिला र पुरुष भनेको “एक सिक्काका दुइ पाटा” भएका कारण दुवै मिलेमा मात्रै हिंसाको अन्त्य हुने दाबी गरे । पछिल्लो समयमा जिल्लामा बन्दै गएको भ्रुण हत्या लैगिक हिंसाको उपज भएको भन्दै जबसम्म छोरा र छोरीलाई समान अर्जुन दृष्टिले हेरिदैन तब सम्म महिला हिंसा अन्त्य नुहने उनको भनाई छ ।

महिलाले नै महिलामाथि अमानविय व्यवहार गर्ने र छोरा र छोरीमा विभेद गर्ने गरेका कारण लैगिक हिंसाको अन्त्य हुन नसेको उनको बुझाई छ । महिला तथा बालबालिका कार्यालय पर्वतकी कार्यालय प्रमुख सत्यदेवी अधिकारीले लैगिक हिंसा अन्त्य गर्नको लागि महिलानै सहज र सचेत हुनुपर्ने जरुरी रहेको र्औलाइन् । जब सम्म महिला आफु हिंसाको चपेटामा पर्दा पनि त्यसको कानूनी उपचार वा बाहिर ल्याउन चाहदैन त्यसका कारण नै हिंसा र्मौलाउदै जान्छ त्यसैले महिलानै हिंसाको विरुद्धमा सचेत हुनु आवश्यक रहेको उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन