प्रदेश नम्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रदेश नम्वर"/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एसईइ परीक्षा मर्यादित बनाउन प्रदेश सरकार दृढ: मन्त्री साह

२०७४, ५ चैत्र सोमबार ०७:४२

चैत्र ५, सिरहा । समाज विकास मन्त्री नवल किशोर साहले प्रदेश नम्वर २ मा एसइई परीक्षा मार्यादित बनाउन प्रदेश सरकार लागि परेको बताउनु भएको छ । 


प्रदेश नम्वर २ को आठवटै जिल्लाका शिक्षाको अवस्था खस्किएकोले यसलाई उकास्न परीक्षा प्रणालीलाई पनि मार्यादित र कडाई गर्न सबैको सहयोगको अपेक्षा प्रदेश सरकारले गरेको छ। भव्य तथा हर्षो उल्लासमय वातावरणमा सम्पन्न  लहान नगरपालिका लाई खुल्ला दिशा मुक्त घोषणा सभामा प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै मन्त्री साहले यस्तो बताउनु भएको हो 

समाज विकासको र समृद्धिको आधार तय गर्नको लागि शिक्षाको अवस्थामा सुधारको खाँचो रहेको छ । एसइई परीक्षमा चोरी गर्ने परम्परा र संस्कृतिको अन्तय गरेर अन्य प्रदेश संग तुल्नात्मक विकासमा अगाडि वढनको लागि शिक्षा र चेतनाको आवश्यक्ता रहेकोले चेत ८ गते देखि हुन गईरहेको एसइई परीक्षा केन्द्रमा अभिभावक,  शिक्षक वा कोहि पनि परीक्षाको मार्यादा उल्लघंनमा नलाग्नु होला भनि सचेत गराउदै मन्त्री साहले भन्नुभयो , परीक्षामा चोरी गराउन संलग्न जोकेही माथि कडा कानुनी कार्वाही हुने भएको हुँदा प्रदेश सरकार मन्त्रीको हैसियतले सचेत गराउन गईरहेको प्रष्टयाउनुभयो । 

लहान नगरपालिकालाई सुन्दर र सम्पन्न बनाउन खुल्ला दिशा मुक्त अभियानले सहयोग पुग्ने भन्दै मन्त्री साहले भन्नु भयो प्रदेश नम्वर २ को हरेक जिल्लामा सम्मान रुपले विकासको गति अगाडि वढाउन प्रदेश सरकारको समान दृष्टिको साथ सरकार अगाडि बढिरहेकोले अब आन्दोलन र अधिकारको चरण समाप्त भईसकेकाले विकासको लागि सवैले मानसिकता बनाउनुपर्नेमा जोड दिनुभयो । मधेश आन्दोलनमा सहादत प्राप्त गर्नु भएको शहिदहरुको सपना सकार गर्न प्रदेश नम्वर २ मा मधेशवादी दलको सरकार निर्माण भएको भन्दै जनताको चाहना र सहिदको सपना पुरा गरेरै छाडने दृढता व्यक्त गर्नुभयो ।

लहान नगरपालिकाका  प्रमुख मुनि साहको अध्यक्षतामा भएको खुल्ला दिशा मुक्त समारोहमा प्रमुख मुनि साहले भन्नुभयो , लहानलाई समृद्ध र सम्पन्न बनाउन मार्गचित्र कोर्न नगरपालिका लागि परेको छ। वजेट कार्यान्वयन गरेर लहानलाई सुन्दर बनाउन खुलला दिशा मुक्त अभियान सफल बनाउन सहयोग गरेका सरकारी तथा गैरसरकारी संघ संस्था , प्रहरी प्रशासन लगायत सवैलाई धनयवाद दिनु हुँदै जन प्रतिनिधि नआँउदा ५० प्रतिशत चर्पी मात्रै निर्माण भएको लहानमा जन प्रतिनिधिहरु आएपछि शतप्रतिशत चर्पी निर्माण गर्न लहान नगरपालिकाको २४ वटै वडाका वडा अध्यक्षको पहलमा १७ हजार घरधुरीमा पुगेर वडा अध्यक्ष हरुले समेत महत्पूर्ण भूमिका खेलेको प्रशंसा समेत गर्नुभयो । चर्पी निर्माणको लागि सहयोग गर्ने विभिन्न संघ -संस्था तथा संचारकर्मीहरुलाई कदर पत्र तथा प्रशंसा पत्र प्रदान गर्नुको साथै दोसलला ओढाई  प्रमुख साहले सम्मान गर्नु भएको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो सरगम ९३ मेगाहर्ज बाट गरिएको थियो । भने कार्यक्रमको संचालन दुर्गा प्रशाद महतोले गर्नु भएको थियो।

कार्यक्रमा उपस्थित प्रमुख अतिथि , विशिष्ट अतिथिहरु , अतिथिहरु लगायत कार्यक्रमा उपस्थित हजारौ जनसमुदाय लाई मनोरंजन गराउन जेएम  मिथुन , क्रेटिव डान्स कल्व लहान , गायक सावन कुमार , सरोज सन्त लगायतले गायन तथा संस्कृतिक कार्यक्रम प्रस्तुत गरि मनोरंजन गराएका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला