2026-10-06 01:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको प्रमुख पर्यटकीयस्थलको विकासका लागी माग

चैत ६, इलाम | इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुरको पर्यटन विकासका लागि स्थानीयवासीले पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग माग राख्दै सोमबार ज्ञापनपत्र पेश गरेका छन् । 

सन्दकपुर गाउँपालिका–२ मा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा वार्षिक एक लाख पर्यटक आउने गरे पनि पूर्वाधार नहुँदा पर्यटकीय क्षेत्रको विकास नहुने भन्दै स्थानीयवासीले खनाललाई ज्ञापनपत्र बुझाएका हुन् । 

खनाललाई सन्दकपुर गाउँपालिकाका जनप्रतिनिधिले सन्दकपुर पर्यटकीय क्षेत्रमा बाह्रै महिना गाडी गुड्ने सडक, खानेपानी, विद्युत् र सीमा सुरक्षा बलको कार्यालय स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको गाउँपालिका अध्यक्ष उदय राईले बताउनुभयो । 

नेपाल–भारतको सीमा क्षेत्रमा रहेको सन्दकपुर पर्यटकीय क्षेत्रमा लोपोन्मुख वन्यजन्तु, जडीबुटी र हिमशृङ्खलाको दृश्यावलोकनका लागि सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । 

ज्ञापनपत्र बुझ्दै पूर्वप्रम खनालले पर्यटकीय क्षेत्रको विकासका लागि आफूले स्थानीय तहदेखि केन्द्रीय तहसम्म पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । 

किसानलाई निःशुल्क बीउ वितरण 

फाकफोकथुम गाउँपालिकाको कार्यालयले यहाँका कृषकलाई निःशुल्क बीउ वितरण गरेको छ । 

गाउँपालिकाले कृषकलाई उन्नत जातको मकै, तरकारीको बीउ वितरण गरेको हो । यहाँका सात वटै वडामा कार्यालयले ७५ प्रतिशत अनुदानमा प्लाष्टिक घर निर्माण, स्पेयर मेशिन, स्प्रिङ्कल वितरण गरेको गाउँपालिका कृषि शाखाका प्रमुख कुशेश्वर यादवले बताउनुभयो । 

कार्यालयले १० क्विन्टल मकै, ४०० पोका तरकारीको बीउ, ५०० प्याकेट च्याउको बीउ वितरण गरिएको उहाँले जानकारी दिनुभयो । बीउ निःशुल्क पाएपछि यहाँका कृषक खुशी भएका छन् । बीउ पाएपछि किसान खेती लगाउन व्यस्त भएका छन् । 

कार्यालयले विभिन्न सहकारी तथा कृषक समूहमार्फत किसानलाई बीउ उपलब्ध गराएको हो । गतवर्ष जिल्लाबाट कृषि सेवा केन्द्रमार्फत थोरै–थोरैमात्र बीउ पाउने गरे तापनि यसपालि भने सोझै गाउँबाट विभिन्न प्रकारका बीउबिजन पाएपछि कृषक हर्षित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै