२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

सार्वजनिक शौचालय अभावका कारण सर्वसाधारण खुलामा दिसा–पिसाब गर्न बाध्य

२०७४, ७ चैत्र बुधबार ०२:४३

सुरेन्द्र सिंह | चैत ७, जनकपुरधाम । जनकपुरमा सार्वजनिक शौचालय अभावका कारण सर्वसाधारणहरु खुलामा दिसा–पिसाब गर्न बाध्य भएका छन् ।  बिभिन्न ठाउँहरु बाट जनकपुर आउने सर्वसाधारण सार्वजनिक शौचालय नदेखे पछि खुला ठाउँहरुमा दिशा पिसाब  गरिरहेका देखिन्छन् । विशेषगरी सडक व्यापारी र महिलाहरू यसको मारमा परेका छन् । जनकपुरमा सर्वसाधारण देखिने ठाउँमा एक मात्र शौचालय पिरारी चौक स्थित पोखरी डीलमा रहेको थियो तर बाटो निर्माणको कार्य भइरहेको हुनाले जनकपुरमा रहेको सर्वसाधारण देखिने एक मात्र शौचालय समेत भत्काएको छ ।

 फरक फरक ठाउँहरुबाट जनकपुरमा  आएको बिरामी ,बिरामीको कुरुवा ,व्यापारी , र सर्वसाधारणहरु सार्वजनिक शौचालय नभेटे पछि दिशा पिसाब चेपेर बस्नु परेका  महोत्तरीबाट अस्पतालमा आएको मनिष महतोले गुनासो राखे । जनकपुरको अंचल अस्पतालमा आएको बिरामी र बिरामीको कुरूवा अंचल अस्पतालको शौचालय राम्रो नभएको कारणले बारहविग्हामा दिशा पिसाब गरेको पाइन्छ । र जानकी मन्दिरमा पुजा पाठ गर्न आएको हजारौ साधुसन्त तथा श्रद्धालुहरु सार्वजनिक शौचालय नदेखे पछि जानकी मन्दिरको उत्तरपट्टि रहेको गाडी पार्किङ गर्ने ठाउँमा दिसा–पिसाब गरेको पाइन्छ  ।

जनकपुरभित्रका सरकारी विद्यालय , सरकारी अस्पताल  र क्याम्पसका शौचालय पनि उत्तिकै फोहोर छन् । पानी नहुनु, ढोकामा चुक्कुल नहुनुका कारण बिरामी ,  बिरामीको कुरूवा र विद्यार्थीहरूले छुट्टै समस्या भोगिरहनुपरेको छ ।

शौचालय नभेटेर या दुर्गन्धित ठाउँमा जान नचाहेर दिसा–पिसाब रोकेर हिँड्ने गरेको सर्वसाधारण सुनाउँछन् । वरिष्ठ मृगौला विशेषज्ञ डा. पुकार श्रेष्ठ भन्छन्, ‘पिसाब रोक्दा यसले मृगौलामा धक्का दिन्छ, लामो समयसम्म यस्तो गरेमा पिसाब फर्किएर मृगौला फेल नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली