परीक्षामा सिरहा जिल्लाबाट रेगुलर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

परीक्षामा सिरहा जिल्लाबाट रेगुलर "/>

४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा एसईई परिक्षाको तयारी पुरा, ९ हजार ८ सय ७७ विद्यार्थी सहभागी हुँदै

७ चैत्र २०७४, बुधबार ०७:४९

राम नारायण पंडित/सिरहा ७, फाल्गुन। चैत ८ गतेदेखि संचालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी सिरहामा पुरा भएको छ ।


परीक्षामा सिरहा जिल्लाबाट रेगुलर तर्फ ९ हजार २ सय ८४ र एग्जामटेड तर्फ ५ सय ९३ परीक्षार्थीहरु सहभागी हुँदैछन् । जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले परीक्षाको सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिँदै उत्तरपुस्तिका, प्रश्न पत्र र आवश्यक कागजातहरु जिल्लाका सबै ३८ परीक्षा केन्द्रमा पठाई सकिएको जानकारी दिए ।  

जिल्लाका ७६ सामुदायीक र ५७ संस्थागत विद्यालय सहित एक सय ३३ विद्यालयका रेगुलर तर्फ ९ हजार २ सय ८४ र एग्जामटेड तर्फ ५ सय ९३ गरी जम्मा ९ हजार ८ सय ७७ परीक्षार्थीहरु सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि ३८ परीक्षा केन्द्र तोकिएको छ । मर्यादित तथा व्यवस्थित रुपमा परिक्षा संचालन गर्न सुरक्षा तथा अन्य सम्वेदनशिलतालाई ख्याल गरी परीक्षा केन्द्र तोकिएको जनाएको छ । जसमध्ये  ३६ केन्द्र रेगुलर विद्यार्थी र २ वटा केन्द्र एक्जामटेड विद्यार्थीका लागि तोकिएको जिल्ला शिक्षा कार्यालय सिरहाले जानकारी दिएको छ । परीक्षा संचालनका लागि ३८ केन्द्राक्ष्यक्ष, ४९ सहायक केन्द्राध्यक्ष, ४ सय १४ निरीक्षक र २ सय १५ सहयोगी गरेर सुरक्षाकर्मी बाहेक झण्डै ७ सय १६ कर्मचारी खटाइदैछ । सुरक्षा केन्द्रका लागि हरेक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटिनेछन् ।विगतका वर्षहरुमा रेगुलर र एक्जामटेड दुवैलाई एकैठाउँ मिसाएर परीक्षा लिएपनि यो वर्ष छुट्टाछुट्टै रुपमा लिने व्यवस्था मिलाएको हो । 

सिरहाबाट यो वर्ष ६५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा दिन नपाउने भएका छन् । निर्धारित समयमा परीक्षा फर्म नभरेका, फर्ममा त्रुटी देखिएका, समयमा राजश्व नबुझाएका र ७५ प्रतिशत हाजिर नपुगेका ६५ जना विद्यार्थी परीक्षामा सामेल हुन नपाउने जिल्ला शिक्षा कार्यालय सिरहाले जनाएको छ । 

गतवर्ष २०७३ मा सिरहाबाट नियमित, एक्जामटेड र ग्रेड बृद्धि गरेर १० हजार ९ सय ३५ जना परीक्षामा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ