मिर्चैया नगरपालिका बडा नं."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मिर्चैया नगरपालिका बडा नं."/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ओडिएफ घोषणा भएको स्थानमै सार्वजनिक शौचालयमा ताला

७ चैत्र २०७४, बुधबार ०८:२५

राम नारायण पंडित/चैत ७, सिरहा। सिरहाको मिर्चैयामा रहेको सार्बजनिक शौचालय संचालन नहुँदा सर्वसाधारणलाई सास्ती भोग्नु परेको छ । 


मिर्चैया नगरपालिका बडा नं. ६ मा रहेको पक्की सार्वाजनिक शौचालाय व्यवस्थापनको अभावमा अझै सञ्चालनमा आउन सकेका छैन् । मिर्चैया नगरपालिका खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएपनि  व्यस्त बजार कटारी चौकमा बनाईएको शौचालयमा ताला लागेको छ । 

यात्रुहरुको चाप हुने स्थानमा सुबिधाको लागि बनाईएको शौचालयमा सरोकारबालाको चरम लापरबाहीका कारण ताला झुन्डिँदा यात्रुहरुलाई आपत पर्ने गरेको छ । शौचालय निमाण भएको महिनौ बित्दापनि सञ्चालन आउन सकेका छैन् । शौचालय प्रयोग विहिन भएपछि बजारमा ब्यापार ब्यबसायी गर्ने देखि लिएर बाहिरवाट मिर्चैया बिभिन्न कामले आउनेहरुलाई असहज हुने गरेका छन् । सार्वजनिक शौचालय संचालन नहँुदा यात्रुहरु जथाभाबी शौच बाध्य भएका छन् । नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएपनि सार्बजनिक शौचालय संचालन गर्न कसैको ध्यान जान सकेको छैन् ।

देशमा संघियता आएपछि घरघरमा सिंहदरबारको नारा लागेपनि जनताले महसुस गर्न सकेका छैन् । राष्ट्रिय सरसफाई गुरु योजनाको भावना र मर्म अनुरुप मिर्चैया नगरपालिका माघ १२ गते नै खुल्लादिसा मुक्त क्षेत्र घोषण भइसकेको छ । 

यता, बडा नं. ६ का बडा अध्यक्ष देबकृष्ण साहले शौचालयको सरसफाई पश्चात तालाबन्दी गरी राखिएको बताए । शौचालय संचालनका लागि समिति बनेपछि तालाबन्दी खोल्ने जनाएको छ । उनले भने “अहिले शौचालय खोल्दा फोहोर हुने भएकोले समिति गठन भएपछि दुई हप्ताको भित्रमा काम सुरु हुनेछ, त्यसपछि शौचलय संचालनमा आउनेछ ।” शौचालय संचालनका लागि बजेट समेत छुट्याईएको बडा अध्यक्ष साहले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान