सुआहारा कार्यक्रमले स्थानीय व्यापारि,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुआहारा कार्यक्रमले स्थानीय व्यापारि,"/>

2026-09-08 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सरसफाइ सामग्री उपभोक्तासम्म सहज रुपले पुग्नुपर्नेमा जोड

चैत्र ७, सल्यान। वास आपुर्ति श्रृङ्खला सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार विहान सल्यानको कपुरकोटमा सम्पन्न भएको छ ।

सुआहारा कार्यक्रमले स्थानीय व्यापारि, आपुर्तिकर्ता र उद्यमिहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

पूर्ण सरसफाइ अभियान चलिरहेको सल्याननमा उक्त अभियानलाइ पुरा गर्नका लागी प्रत्येक नागरिकलाइ हरेक प्रकारका सरसफाइ सामग्री चाहिने भएकाले ती सामग्रीको कसरि सहज आपुर्ती गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले सरसफाइका बारेमा सबै जिम्मेवार बन्नुपर्ने भन्दै सरसफाइ तथा स्वच्छता कायम गरेमा मात्रै समाज समृद्ध बन्ने धारणा राखे । सुआहाराका जिल्ला सरसफाइ अधिकृत किरण ढुंगानाले सहजिकरण गरेको कार्यक्रममा सुआहाराका जिल्ला कार्यक्रम संयोजक हरि घिमिरेले सबैले हातेमालो गरेर सरसफाइ अभियानमा अघि बढेमा स्वस्थ र समृद्ध समाज बन्ने धारणा राखे ।

कार्यक्रममा कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा, सामुदायीक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य घनश्याम शर्मा, पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा लगाएत स्थानी व्यापारि, उद्यमि र सरसफाइका सामान आपुर्तिकर्ताहरुको सहभागीता थियो । उनीहरुले सरसफाइका सामाग्री उपभोक्तामाझ सहज रुपले पुर्याउनका लागी आआफ्नो क्षेत्रबाट भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता