८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

फेरीको व्यापारदेखि सहकारी अध्यक्षसम्मको ओलीको यात्रा

७ चैत्र २०७४, बुधबार १२:०१

शेरबहादुर सिंह/चैत ७, भीमदत्तनगर | कञ्चनपुरको महाकाली नगरपालिका–७ का मानबहादुर ओलीको स्थानीय बाबाथान बजारमा फेन्सी पसल छ । बयालीस वर्षीय ओली फेन्सी पसलका सञ्चालक अर्थात् व्यापारमा मात्रै सीमित छैनन् । 


आर्थिक अवस्था कमजोर र पीडासँग संघर्ष गर्दैआउनुभएका ओली एक दशकयता महाकाली नगरपालिकामा सबल व्यापारीसँगै समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । कर्मप्रतिको विश्वास, लगनशीलता र इमान्दारिता देखाए सफलता हेर्न समय कुर्नु पर्दैन भन्ने उदाहरण बन्नुभएको छ ओली । 

विसं २०५८ अघि दोधारा चादँनीमा गुमनाम ओली पछिल्लो समय समाजमा प्रतिष्ठित व्यक्तिका रुपमा चिनिनुहुन्छ । पुख्र्यौली घर सुर्खेत भएका ओलीले गर्नुभएको संघर्ष निकै सकसपूर्ण छ । विसं २०५९ मा आफूसित भएको केही जमीनमा सामान्य तरकारी फलाएर गुजारा गर्नुभएका ओली हाल यहाँको शुक्लाफाँटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षसमेत हुनुहुन्छ । 

“शुरुमा सामान्य तरकारी खेती गरेँ”, ओलीले भन्नुभयो, “त्यसपछि तीन वर्षसम्म साइकलमा फेरीको व्यापार गरेर परिवारको खर्च टारेँ ।” उहाँले २०६१ सालसम्म भारतको सीमावर्ती खटिमा बजारबाट साइकलमा सामान ल्याएर महेन्द्रनगर बजार तथा गाउँ–गाउँ÷टोल–टोलमा व्यापारका लागि पुग्नुभयो । 

“खटिमाबाट बच्चाका खेलौनादेखि कापी, किताबसम्म साइकलमा राखेर बेचेँ”, उहाँले भन्नुभयो, “सिमामा भारतले कडाइ गर्न थालेपछि त्यो काम पनि छाडे ।” 

विसं २०६२ मा गरिबी निवारण कोषले आयमूलक कामका लागि तत्कालीन दोधारा चादँनीमा समूहमार्फत न्यून आयस्रोत भएका परिवारको आयस्तर उकास्न समूहमार्फत गाउँमा अनुदान रकम दिन थालेपछि उहाँ समुहमा आबद्ध हुनुभएको हो । गरिबी निवारण कोषले महाकाली–७ मा गठन गरेको जानकी सामुदायिक संस्थामा आबद्ध हुनुभएका ओलीले शुरुमा भैँसीपालनका लागि रु २० हजार ऋण लिनुभयो । 

“त्यो बेला महाकाली नगरपालिकामा कोषले नौवटा समूह गठन गरेको थियो”, शुक्लाफाँटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहनुभएका ओलीले भन्नुभयो, “समूहमा लागेयता जीवनमा धेरै परिर्वतन भए ।” 

भँैसीपालनबाट रु ७५ हजार मुनाफा भएपछि उहाँले पुनः रु ८० हजार ऋण लिएर बाबाथान बजारमा फेन्सी पसल सञ्चालन गर्नुभयो । “सात वर्षदेखि फेन्सी पसल गरिरहेको छु”, उहाँले भन्नुभयो, “पसलबाट घर खर्च चलाउनुका साथै केही सम्पत्तिसमेत जोडेँ ।” 

गरिबी निवारण कोषले आयस्तर उकास्न समूह गठन गरेका महाकाली नगरपालिकाका १७ वटा सामुदायिक संस्था मिलेर २०६७ सालदेखि शुक्लाफाँटा सहकारी सञ्चालनमा ल्याउनुभएको हो । रु २७ लाख अनुदानबाट शुरु गरिएको सो सहकारीले अहिले रु ७५ लाखको कारोबार सम्हालेको अध्यक्ष ओलीले बताउनुभयो । 

“स्थापनाकालदेखि नै सहकारीको अध्यक्ष मै छँु”, उहाँले भन्नुभयो, “तीन पटक मलाई शेयर सदस्यले नेतृत्वदायी जिम्मेवारी दिए, कुनै बेला श्रीमतीको उपचारका लागि मैले नै गाउँमा ६० प्रतिशत ब्याजदर तिरेर रु १० हजार ऋण लिएको थिएँ”, विगत सम्झँदै ओलीले भन्नुभयो, “समूह हँुदै सहकारीमा सक्रिय हुँदा नाम, दाम सबै मिलेको छ ।” 

उहाँले तीन कार्यकालयता ऋण वितरण गर्ने भूमि मिलेको बताउनुभयो । आफूले व्यापारबाट कमाएको रकमले रु आठ लाखमा पक्की घर बनाउनाका साथै जेठो छोरा रमेशलाई कोरियन भाषा पढाउन काठमाडौँ पठाउनुभयो । “अहिले छोरो कोरिया जाने तर्खरमा छ”, ओलीले भन्नुभयो, “पछिल्लो समय समाजमा विभिन्न खाले जिम्मेवारी बढ्दै गएको छ ।” 

बाबाथान बजार व्यवस्थापन समितिको सचिवसमेत रहनुभएका ओलीले रु पाँच सय लागानीबाट फेरीको व्यापार थाल्नुभएको हो । “अहिले केन्द्रीय सहकारी संघमा आफ्नो सम्पति धितो राखेर सहकारीका लागि रु १५ लाख ऋण लिएर लगानी गरेका छौँ ।” 

ओलीले भन्नुभयो, “सहकारीको रु ६५ लाख विभिन्न आयमूलक कामका लागि सहकारीका सदस्यमा लगानी गरिएको छ ।” 

शुक्लाफाँटा सहकारीका सचिव महेश नेपालीले समूह हँुदै सहकारीमा आबद्ध यहाँका स्थानीयवासीले आयमूलक व्यवसायमा लाग्नुका साथै बचतसमेत गर्ने गरेको बताउनुभयो । “शुरुमा समूह हुँदा रु पाँच मासिक बचत गर्थें”, सचिव नेपालीले भन्नुभयो, “अहिले तिनै सदस्य रु २०० देखि रु एक हजारसम्म मासिक बचत गर्छन ।” 

सहकारीमा सदस्य रहेकामाथि मात्रै ऋण लगानी गरिरहेको बताउँदै उहाँले सस्तो ब्याजदरमा ऋण लिएर आयमूलक काम र व्यवसाय गर्नेतर्फ जोड दिइएको बताउनुभयो । 

“गरिबी निवारण कोषकै अनुदानका कारण हामी समूह हँुदै सहकारीका रुपमा फस्टाउन सफल भयौँ”, उहाँले भन्नुभयो, “यसले धेरैको जीवनमा प्रत्यक्ष परिर्वतन ल्याएको छ ।” 

सहकारीमा शुरुमा नौवटा समूह आबद्ध रहे पनि गत फागुन यता आठवटा समूह थपिएका छन् । “समूहबाट ऋण लिएर तरकारी खेती, स्वास्थ्य क्लिनिक सञ्चालन, फेन्सी तथा किराना पसल सञ्चालन गर्ने काम भएको छ”, नेपालीले भन्नुभयो, “दलित समुदाय यसमा बढी अग्रसर देखिएको छ ।” 

एक ७५ जना शेयर सदस्य रहको उक्त सहकारीमा १४९ जना दलित समुदायका स्थानीयवासी आबद्ध छन् । “पहिले अनुदान दिँदा कोषले बिना ब्याज अनुदान दिएको थियो”, उहाँले भन्नुभयो, “हरेक समूहमा कोषले अनुदान दिएर आयस्तर बढाउन महत्वपूर्ण भुमिका निभाएको छ ।” 

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), गरिबी निवारण कोषका कार्यक्रम संयोजक टेक बुढाले समूहमार्फत लगानी गर्दा दोधारा चादँनीका धेरै नागरिक प्रत्यक्ष लाभान्वित भएको बताउनुभयो । 

“गरिबी निवारण कोष गाउँ पसेपछि स्थानीयवासीमा बचत गर्ने बानीको विकास भएको छ”, संयोजक बुढाले भन्नुभयो, “अहिले सहकारीमार्फत विपन्न समुदायको आर्थिक अवस्थामा सुधार भएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना