जातिय भेदभाव तथा छुवाछुत अन्त्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जातिय भेदभाव तथा छुवाछुत अन्त्यक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाममा पनी मनाईयो

७ चैत्र २०७४, बुधबार १२:३०

कमल रावल/चैत ७, अछाम | ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस अछाम जिल्लामा पनी विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।


जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैँ जुटौँ कोही नछुटौँ भन्ने नाराका साथ सदरमुकाम मंगलसेनमा  र्यालीसहित मञ्चको कार्यक्रमको गरिएको थियो ।

 मंगलसेनको पिपलचौतारा, खुल्ला मञ्च, जिल्ला समन्वय समितीको प्रागण हुदै मंगलसेन नगरपालिकाको प्रागणमा कार्यक्रम गरिएको थियो । जायित छुवाछुत अन्त्य गरौँ, ५३ औँ अन्तराष्ट्रिय जातिय भेदभाव बिरुद्धको दिवस सफल पारौँ भन्ने नारा सहितका पेलेकार्ण सहीत सबै राजिनितिज्ञ, दलित अधिकारको क्षेत्रमा काम गर्ने अगुवा, स्थानिय रयालिमा सहभागिता भएका थिए । दलित महिला संघ फेडे अछामका अध्यक्ष लक्ष्मी सोपको अध्यक्षतामा भएको कार्यक्रमका बक्ताहरुले जनप्रतिनीधी र सरकारी गैरसरकारी निकायबाट आजको दिनलाई अबहेलना गरिएको गुनासो गरेका थिए ।


 दलित दाजुभाईको दिवसलाई उनिहरुको मात्रै ठानेर कार्यक्रममा सहभागिता कमै मात्रामा भएको दुखेसो गरेका हुन । जिल्ला स्तरका सबै जनप्रतिनीधी, सरकारी गैरसरकारी निकायका प्रमुखलाई पत्राचार गरि दिवसमा सहभागि हुन अनुरोध गर्दा पनी न्युन मात्रामा बक्ताको सहभागिता देखिएकोमा दलित अधिकारकर्मिले गुनासो ब्यक्त गरेका हुन । विभिन्न कुसंस्कार बाट जगडीएको समाजलाई माथि उठाउन सबैले आफनो अधिकारका लागि लडुनु पर्ने बताएका थिए ।

 अगुवा दलितलाई मात्र अग्रसर गराएर अघि बढएमा दबेर तथा शोषणमा परेका समुदायको जिवनस्तर माथि उठ्न नसक्ने भएकाले तल्लो स्तरमा सम्म सबैको ध्यान जानु पर्नेमा सहभागिको जोड् रहेको थियो । जिल्ला समन्वय समिती अछामका सदस्य शिब तिरुवा प्रमुुख अतिथी रहनु भएको कार्यक्रममा दलित अगुवा भिम जनाला र अर्जुन ताम्राकार बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र बोहरा, नेपाली काग्रेसका दिनेश स्वार, नेकपा माओवादि केन्द्र आयोजक कमिटी सदस्य मोती कामि, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, नारी चेतना केन्द्र अछामका अध्यक्ष मना भण्डारी, मंगलसेन नगरपालिका वडा नम्बर ४ का वडा सदस्य भावना केसिले सुझाव सहीतको मन्तव्य राख्नु भएको थियो । 

जातिय भेदभाव बिरुद्धको दिवस दलित महिला सँघ फेडे अछाम, उत्पीडीत उत्थान तथा चेतना बिकास मञ्च, दलित सेवा सँघ च्ँक्न् कोकमलबजार नगरपालिमा पनी दिवस मनाईएको छ । दलित सेवा सँघका कार्यक्रम संयोजक प्रकाश ताम्राकार स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन डण्डी बिश्वकर्माले गर्नु भएको थियो । नगरपालिका स्तरिय दलित सञ्जालका अध्यक्ष कमल विकको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य नामसरा सुनार, लोकेन्द्र नेपाली, अपागको तर्फबाट खिन्त विक, नेपाल दलित सँघ जिल्ला सदस्य नवलसिह नेपाली लगाएतले मन्तव्य राख्नु भएको थियो । मिलन नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संञ्चालन मिन बहादुर सुनारले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…