२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विविध कार्यक्रम गरि मनाइयो

२०७४, ८ चैत्र बिहीबार ०५:४४

चैत्र ८, जनकपुरधाम। विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । 

वल्र्ड डेन्टल फेडरेसनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाइने गरिएको हो । ’जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराकासाथ यस वर्ष यो दिवस मनाइएको हो । विश्व मुख स्वास्थ्य दिवस २०१८ को अवसरमा नेपाल डेन्टल हस्पिटल एण्ड टेक्निकल रिसर्च ईन्स्टिच्यूट प्रालिले मंगलबार रामानन्द चोकदेखि रौनियार धर्मशालासम्म विभिन्न स्थानमा मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्यालीको आयोजना गरेको थियो । 

र्यालीमा सयभन्दा बढी डाक्टर,डेन्टल असिस्टेन्ट तथा जनकपुरका विभिन्न दन्त कलेजका विद्यार्थीहरु सहभागी थिए । र्याली पश्चात प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजना गरिएको अन्तरक्रियामा मन्त्री यादवले सरकारले ल्याएको राष्ट्रिय मुख स्वास्थ्य नीति २०७० ले नेपालका सम्पूर्ण जनताले मुख स्वास्थ्यको गुणस्तरीय सेवा पाउने बताए । उनले डाक्टरहरुलाई विद्यार्थीलाई पान पराग,गुटखा नखान सुझाव दिन आग्रह समेत गरे । मन्त्री यादवले हामीले सरसफाईमा ध्यान नदिएका कारण ८० प्रतिशत ब्यक्ति विरामी हुनेगरेको बताउँदै  प्रत्येक परिवारले अहिले १३ हजार रुपैयाँ औषधी उपचारमा खर्च गर्नुपर्ने बाध्यता रहेको बताए । उनले ६ हजार ५ सयभन्दा बढि बालबालिका अकाल मृत्युको शिकारमा परिरहेको समेत दुःखेसो ब्यक्त गरे ।

 कार्यक्रममा प्रदेशसभा सदस्य रामअशिष यादवले डाक्टर हाम्रो समाजको ऐना रहेकाले उनीहरुलाई सहि मार्गनिर्देश दिन आग्रह गरेका थिए । नेता यादवले शहरी स्कुले विद्यार्थीमा तयारी खाना खाने बानीका कारण दाँत सड्ने समस्या बढी देखिएको बताउँदै सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्ने आवश्यकता रहेको बताए ।हाल १२ वटा दन्त कलेजमार्फत वार्षिकरुपमा नेपालमा मात्र ३ सय चिकित्सक उत्पादन हुन्छन् भने तीमध्ये ६७ जना छात्रवृत्तिमा अध्ययन गरेका हुन्छन् । सन् २०१८ देखि यो संख्या दोब्बर हुने बताईएको छ । सरकारले नीति बनाएर देशका सबै स्वास्थ्य संस्थामा परिचालन गर्नुपर्ने दन्त चिकित्सकहरुको भनाई छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली