२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाः एसईई परिक्षाको समाचार संकलनमा पत्रकारलाई रोक, महासंघ एक्सनमा

२०७४, ८ चैत्र बिहीबार १४:१६

राम नारायण पंडित, चैत८, सिरहा । आजदेखि सुरु भएको मध्यमिक शिक्षा परिक्षा (एसईई) को समकाचार संकलन गर्न सिरहामा संचारकर्मीहरुलाई रोक लगाईएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । आज पहिलो दिन संचालन भएको परिक्षाको समाचार संकलन गर्न पुगेका संचारकर्मीहरुलाई जिल्लाका बिभिन्न परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्षहरुले रोक लगाईएको नेपाल पत्रकार महासंघ सिरहा शाखाले जारी गरेको बिज्ञप्तीमा उल्लेख रहेको छ । बिज्ञप्तीमा भनिएको छ “ परिक्षाको क्रममा संस्थागत बिद्यालयको संचालकहरुबाट स्थानिय प्रहरी, प्रशासन, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु तथा केन्द्राध्यक्षलाई रकमको मोलतोलबाट मिलाई परिक्षालाई अमर्यादित बनाएको बिगतको अनुभब ताजै छ ।” 

एसईई परिक्षामा संचारकर्मीहरुलाई समाचार संकलनमा रोक लगाईएको घटनाले यसपालि पनि प्रमाणित गरेको नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्बर गुप्ताद्धारा जारी बिज्ञप्तीमा उल्लेख रहेको छ । समाचारमा संकलनमा रोक लगाईएको घटनालाई भत्र्सना गर्दै निर्बाध रुपमा स्वतन्त्र रुपले समाचार संकलन तथा पर्यबेक्षण गर्ने बाताबरण सिर्जना गरिदिन सम्बन्धित निकायको बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराईएको छ । 

परिक्षा केन्द्रहरुमा संचारकर्मीहरुलाई रोक लगाउनु शंकास्पद रहेको नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष मनोज बनैताले आरोप लगाए । उनले भने “परिक्षा भन्दा दुई दिन अगाडी सिरहामा भएको छलफलमा जिल्ला शिक्षा कार्यालय सिरहाले जिल्ला भरिका पत्रकारहरुमध्ये ६ जना पत्रकारलाई मात्र पास उपलब्ध गराउने भनेका थिए, तर हामीले अस्बिकार गरेका थियौं ।” कोषाध्यक्ष बनैता भने “एसईई जस्तो परिक्षामा समिति पत्रकारलाई पास दिई अनुगमन टोलीसंग मात्र रिपोटिंग गर्न दिनु र अन्य पत्रकारलाई रोक लगाउनु भनेको सेटिंगमा परिक्षा संचालन गर्नु हो ।” 

 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस