२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङ जिल्ला अस्पतालमा न्यानो झोला कार्यक्रम स्थगित

९ चैत्र २०७४, शुक्रबार ०५:३२

चैत ९, लमजुङ | जिल्ला अस्पतालमा बजेट नहुँदा सुत्केरीले पाउने ‘न्यानो झोला’ कार्यक्रम स्थगित भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत आउने रकम चालू आर्थिक वर्षमा स्थानीय तहमा गएपछि विगत चार महिनादेखि सो कार्यक्रम स्थगित भएसँगै जिल्लाका सुत्केरी महिला तथा नवजात शिशु प्रभावित भएका छन् । कार्यक्रम नियमित गर्न सम्बन्धित स्थानीय तहसँग बारम्बार अनुरोध गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ । 

स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी गराउनेको संख्या वृद्धि भइरहेका बेला सरकारले दिँदै आएको उक्त कार्यक्रम स्थगित हुनु दुर्भाग्य भएको उक्त अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताउनुभयो । 

नियमित जाँच गराई स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई सरकारले रु एक हजार ४०० सहित न्यानो झोला दिँदै आएको थियो ।न्यानो झोलामा नवजात शिशुलार्ई भोटो, तैलिया, रुमाललगायतका न्यानो कपडाका साथ आमाका लागि दुईजोर म्याक्सी राखिन्थ्यो ।स्थानीय तहबाट बजेट वा सामग्री आएलगत्तै कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा