2026-09-19 02:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

३ महिनादेखि प्रजिअ र सहायक प्रजिअविहिन बन्दै उदयपुर

चैत ९, उदयपुर | जिल्लामा तीन महिनादेखि प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीविहीन बन्न पुगेपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले गर्ने प्रमुख प्रशासनिक र प्रशासन सम्बन्धित न्यायिक कार्यका निर्णय हुन सकेका छैनन् । 

प्रदेश र केन्द्रको प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्कीसमेत अन्यत्र गएदेखि हालसम्म उदयपुर जिल्ला प्रशासन प्रमुखविहीन बन्न पुगेको हो । 

अहिले प्रमुख जिल्ला अधिकारी र सहायक प्रजिअसमेत नभएका कारण प्रशासनले हेर्ने सामान्य कार्य प्रशासकीय अधिकृत कुमार खड्काले हेरिरहनुभएको खड्का बताउनुहुन्छ । 

प्रजिअ तथा सहायक प्र्रजिअको अभावमा तीन महिनादेखि जिल्ला प्रशासन कार्यालयमा झण्डै २०० विभिन्न प्रकारका सार्वजनिकसम्बन्धी मुद्दा अनिर्णित भएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । 

प्रजिअ वा सहायक प्रजिअको उपस्थितिमा हल गर्नु पर्ने जटिल प्रकारका सार्वजनिक र यससँग सम्बन्धित न्यायिक कार्यसमेत हुन नसक्दा सर्वसाधारणले गुनासो गरेका छन् । 

नयाँ सरकार गठन भएलगत्तै देशमा प्रशासनिक तथा न्यायिक सुधार गर्ने र सुशासन व्यवस्थापन गर्ने नयाँ सरकारले घोषणा गरेको भए तापनि उदयपुरमा अहिलेसम्म पनि प्रजिअ र सहायक प्रजिअसमेत व्यवस्थापन गर्न नसकेको नेकपा (माओवादी केन्द्र)का नेत्री तथा पूर्वसभासद् मणि खम्बुको धारणा रहेको छ । 

प्रमुख प्रशासक नै नहुँदा कतिपय महत्वपूर्ण कार्य गर्न समस्या आइरहेको प्रशासकीय अधिकृत कुमार खड्काको धारणा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई