2026-08-29 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा ताराखसे भगवति मन्दिर निर्माणमा सहयोग गर्नेलाई सम्मान

चैत्र ९, अर्घाखाँची | अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट ताराखसे स्थित श्री ताराखसे कालिका भगवति मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नव निर्मित श्री ताराखसे भगवति मन्दिर निर्माणका क्रममा आफ्नो चौसासी पुजामा लाग्ने फजुल खर्च कटौती गरी मन्दिर निर्माणमा ५२ हजार सहयोग गर्नुहुने भूमिकास्थान नगरपालिका वडा नं ८ नुवाकोट ताराखसेका यमलाल भुसाल र ५१ हजार सहयोग गर्नुहुने  वडा नं ७ नुवाकोट बादुकाका खिम बहादुर खत्रीलाइ कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले टिका, माला, खादा तथा प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो ।

सहयोगी दाताहरुलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले मठ मन्दिरहरु हाम्रा सास्कृतिक धरोहरहरु भएकोले यिनीहरुको संरक्षण र समवद्र्धन गर्नु हामी सबको दायित्व भएको उल्लेख गर्दै आफ्नो चौसासी पुजामा लाग्ने खर्च कटौती गरी मन्दिर निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्नुभएकोमा सहयोगदाताहरुको मुक्त कण्ठले प्रशंसा गर्नुको साथै उहाँहरुको सु स्वास्थ्य तथा दिर्घायूको कामना गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष विनोद गैरले मन्दिर निर्माण गर्नु मात्र ठुलो कुरा नभई यसको संरक्षण र सम्वद्र्धन गरेमा मात्र सार्थकता हुने उल्लेख गर्दै मन्दिर निमार्णमा आर्थिक नैतिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने स्थानीय वासी तथा बैदेशिक रोजगारीमा रहेका युवाहरुको धन्यवाद दिनुभएको थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिती रहेको थियो । 

कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण पौडेलको अध्यक्षता, मन्दिर निर्माण समितिका सदस्य लिलामणि उपाध्यायको स्वागत तथा सचिव प्रेमलाल भुसालको संचालनमा सम्पन्न भएको पत्रकार विनोद गैरेले जानाकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो