२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीको दबाब

९ चैत्र २०७४, शुक्रबार ०७:४६

चैत ९ चितवन | जिल्लाको कालिका नगरपालिका–९ कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिएका छन् । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै उनीहरुले बन्द गर्न दबाब दिएका हुन् । 

कालिका नगरपालिका–९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीले चुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीयवासीले विरोध जनाएको बताउनुभयो । वडा भेलामा अधिकांशले खानी बन्द गर्न दबाब दिएका थिए । वडाध्यक्ष क्षेत्रीले स्थानीयवासीको भावना बुझेर सोको जानकारी नगरपालिकामा गराएको बताउनुभयो । 

वडा भेलाले खानी बन्द गर्ने निर्णय गरेको स्थानीय प्रकाश थापाले बताउनुभयो । नगरपालिकाद्वारा गठित खानी अनुगमन समितिका सदस्यसमेत रहनुभएका थापाले स्थानीयवासीको भावनाभन्दा बाहिर गएर नगरपालिका एवं अन्य निकायले निर्णय गर्न नहुने बताउनुभयो । 

खानीका कारण जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जोखिममा पर्ने, खानेपानी मुहान सुक्ने, सिँचाइको कुलो बन्द हुने, पहिरोका कारण स्थानीयवासीको जनधनको क्षति हुन सक्ने चिन्ता स्थानीयवासीको भएको थापाले बताउनुभयो । 

नगरपालिकाका प्रमुख खुमनारायण (गोपी) श्रेष्ठले खानी सञ्चालनको इजाजत दिने अधिकार खानी विभागको भएकाले आफूहरुले रोक्न भने नीतिगत रुपमा नसक्ने बताउनुभयो । उहाँले स्थानीयवासीको भावनालाई बुझेर अन्य स्रोत सम्पत्तिको क्षति नहुने गरी खानी सञ्चालन गर्नुपर्ने बताउनुभयो । 

खानी सञ्चालन गरेको स्टारलाइन इण्डष्ट्रिज प्रालि काठमाडौँका प्रतिनिधि ईश्वरी मरासिनीले स्थानीयवासीलाई प्रभाव नपरोस् भन्नका लागि रु दुई करोड ५० लाख खर्च गरेर संरचनासमेत निर्माण गरिएको बताउनुभयो । 

पहिरोको जोखिम भएका ठाउँमा तारजाली लगाएर संरक्षण गरिएको उहाँले बताउनुभयो । स्थानीयवासीको अवरोधपछि दुई महिनादेखि खानी नियमित सञ्चालन हुन सकेको छैन । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा