Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संरक्षित क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा चुनौती

९ चैत्र २०७४, शुक्रबार ०८:१३

चैत ९, चितवन | विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखिएको छ । 


विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तुमा समेत असर परिरहेको छ । 

यस्ता फोहर वन्यजन्तुले खाएमा तिनीहरुको स्वास्थ्यमा असर गर्ने र जाल अड्किँदा गोहीसमेत मरेको उदाहरण निकुञ्जमा छ । फोहर र प्रदूषणले वन्यजन्तुमा असर गरिरहेको निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख बेदबहादुर खड्का बताउनुहुन्छ । 

गत साउनमा आएको बाढीका कारण निकुञ्जको जंगल क्षेत्रमा फोहरको डंगुर नै छ । निकुञ्ज क्षेत्रमा जल्ने, नजल्ने फोहर, प्लाष्टिकका बोतल, रक्सीका बोतल, बोरा कपडाका फोहर प्रसस्तै छ । रक्सीका बोतल, चिसोका बोतल तथा औषधिका बोतल, चप्पल, विभिन्न भाँडाका टुक्रे फोहर, लत्ताकपडा, बल्व कार्टुन, टिन, हेल्मेट, ट्याङ्कीका फोहर निकुञ्जमा भेटिएका छन् । 

यस्ता फोहरले वन्यजन्तुलाई असर गरिरहेको छ । प्राकृतिक विपत्तीसँगै मानिसले समेत यहाँ फोहर गरिरहेका छन् । तर फोहर व्यवस्थापनमा भने खासै चासो दिइएको छैन । फोहर व्यवस्थापनमा निकुञ्जले छुट्टै कार्यक्रमसमेत गर्न सकेको छैन । 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरका प्रमुख अभिनय पाठक निकुञ्जमा फोहर बस्दा घाँसे मैदानमा असर हुने र वन्यजन्तुको वासस्थान नै प्रभावित हुने बताउनुहुन्छ । 

बेलाबेलामा विभिन्न दिवसमा सौराहाका वातावरण संरक्षणको काममा क्रियाशील संघसंस्थाले यहाँ सरसफाइ कार्यक्रम गर्ने गरेका छन् । फोहर टिप्न विदेशी पर्यटकसमेत पुग्छन् । तर दिगो र दीर्घकालीन कार्यक्रम नहुँदा यहाँको फोहर व्यवस्थापन चुनौतीपूर्ण छ । 

संरक्षणकर्मी एवं सौराहाका पर्यटन व्यवसायी शिरलाल परियार फोहरले वन्यजन्तुमा असर गरिरहेको भए पनि यसको व्यवस्थापनमा निकुञ्जले चासो नदिएको बताउनुहुन्छ । केही महिनाअघि यहाँ चलाइएको अभियानमा ३० ट्र्याक्टरभन्दा बढी फोहर निकालिएको थियो । बिहीबार पनि ढुंग्रेखोलामा गरिएको सरसफाइ अभियानमा यसैगरी फोहर फेला परेको परियार बताउनुहुन्छ । 

चरा विज्ञ तथा पर्यटन व्यवसायी टीका गिरीले नदीमा मानव अतिक्रमण बढेकाले यहाँ रहेका खोलामा आश्रित गोही, चरा र वन्यजन्तुलाई समस्या परेको बताए । “खोला दूषित भयो भने पानीमा आश्रित सबै जीवजन्तु मासिने खतरा हुन्छ”, गिरीले भन्नुभयो, “जीवजन्तुलाई जोगाउन पनि खोलाको सरसफाइ आवश्यक छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ