Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-08-31 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

संरक्षित क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा चुनौती

चैत ९, चितवन | विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखिएको छ । 

विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तुमा समेत असर परिरहेको छ । 

यस्ता फोहर वन्यजन्तुले खाएमा तिनीहरुको स्वास्थ्यमा असर गर्ने र जाल अड्किँदा गोहीसमेत मरेको उदाहरण निकुञ्जमा छ । फोहर र प्रदूषणले वन्यजन्तुमा असर गरिरहेको निकुञ्जको गोही प्रजनन केन्द्रका प्रमुख बेदबहादुर खड्का बताउनुहुन्छ । 

गत साउनमा आएको बाढीका कारण निकुञ्जको जंगल क्षेत्रमा फोहरको डंगुर नै छ । निकुञ्ज क्षेत्रमा जल्ने, नजल्ने फोहर, प्लाष्टिकका बोतल, रक्सीका बोतल, बोरा कपडाका फोहर प्रसस्तै छ । रक्सीका बोतल, चिसोका बोतल तथा औषधिका बोतल, चप्पल, विभिन्न भाँडाका टुक्रे फोहर, लत्ताकपडा, बल्व कार्टुन, टिन, हेल्मेट, ट्याङ्कीका फोहर निकुञ्जमा भेटिएका छन् । 

यस्ता फोहरले वन्यजन्तुलाई असर गरिरहेको छ । प्राकृतिक विपत्तीसँगै मानिसले समेत यहाँ फोहर गरिरहेका छन् । तर फोहर व्यवस्थापनमा भने खासै चासो दिइएको छैन । फोहर व्यवस्थापनमा निकुञ्जले छुट्टै कार्यक्रमसमेत गर्न सकेको छैन । 

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरका प्रमुख अभिनय पाठक निकुञ्जमा फोहर बस्दा घाँसे मैदानमा असर हुने र वन्यजन्तुको वासस्थान नै प्रभावित हुने बताउनुहुन्छ । 

बेलाबेलामा विभिन्न दिवसमा सौराहाका वातावरण संरक्षणको काममा क्रियाशील संघसंस्थाले यहाँ सरसफाइ कार्यक्रम गर्ने गरेका छन् । फोहर टिप्न विदेशी पर्यटकसमेत पुग्छन् । तर दिगो र दीर्घकालीन कार्यक्रम नहुँदा यहाँको फोहर व्यवस्थापन चुनौतीपूर्ण छ । 

संरक्षणकर्मी एवं सौराहाका पर्यटन व्यवसायी शिरलाल परियार फोहरले वन्यजन्तुमा असर गरिरहेको भए पनि यसको व्यवस्थापनमा निकुञ्जले चासो नदिएको बताउनुहुन्छ । केही महिनाअघि यहाँ चलाइएको अभियानमा ३० ट्र्याक्टरभन्दा बढी फोहर निकालिएको थियो । बिहीबार पनि ढुंग्रेखोलामा गरिएको सरसफाइ अभियानमा यसैगरी फोहर फेला परेको परियार बताउनुहुन्छ । 

चरा विज्ञ तथा पर्यटन व्यवसायी टीका गिरीले नदीमा मानव अतिक्रमण बढेकाले यहाँ रहेका खोलामा आश्रित गोही, चरा र वन्यजन्तुलाई समस्या परेको बताए । “खोला दूषित भयो भने पानीमा आश्रित सबै जीवजन्तु मासिने खतरा हुन्छ”, गिरीले भन्नुभयो, “जीवजन्तुलाई जोगाउन पनि खोलाको सरसफाइ आवश्यक छ ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग