२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लायन्सले दियो ६ विद्यालयलाई राहत

१ पुष २०७२, बुधबार ०९:२७

महेन्द्र केसी, पुष १, पर्वत । लायन्स क्लब अफ कुश्मा सिटिले जिल्लामा रहेका ६ सामुदायिक विद्यालयलाई राहत प्रदान गरेको छ । बैशाख १२ गते गएको भूकम्पबाट क्षति भएका जिल्लाका आधा दर्जन विद्यालयलाई उक्त लायन्स क्लबले जापानमा रहेको लायन्स क्लव अफ इन्टरनेश्नल डिस्ट्रीक ३३७ सी जापान २ आर नागासाकी, इशाहाया सिमाबाराले पठाएको राहत रकम वितरण गरेको हो ।

जिल्लाको माझफाँटमा रहेको विध्यावासीनी प्रावि, नाङ्लीवानको शिव मावि, वारीबेनीमा रहेको बेनी प्रावि लाई एक एक थान कम्प्य्रूटर हस्तान्तरण गरिएको थियो भने सरस्वती माध्यामिक विद्यालय बाजुङ १ पोखरेलाई ६० हजार नगद सहित ४० हजारको पुस्ताकलाय सामाग्री, जनज्योति प्रावि बाँसखर्कलाई २५ हजार र जन जागृती निमावि ठापाठानालाई ४१ हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

पढाईको शिलशिलामा जापान पुगेका बाजुङ १ पोखरेका ठाकूर बहादुर पौडेल क्षेत्री, उनकी श्रीमती तथा लायन्स क्लब अफ कुश्मा सिटिकी सस्थापक सदस्य उषा भण्डारी पौडेल क्षेत्री र ९ बर्षिय छोरी उत्कर्ष पौडेल क्षेत्रीको सत्रिएतामा जापानमा संकलन भएको रकम लायन्स क्लब अफ कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीको पहलमा आएको थियो । राहत रकम उक्त विद्यालयका अध्यक्ष, प्रधानाध्यापक लगाएतको सहभागीतामा बाँडिएको लायन्स क्लब अफ कुश्मा सिटिकी संस्थापक अध्यक्ष सरस्वती भण्डारीले बताई । सोही अबसरमा भण्डारीले राहत रकम नेपाल भित्राउनको लागि रचानात्मक भूमिका निर्वाह गरेको भन्दै सम्मान पत्रले सम्मान गरिएको लायन्स क्लबले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव