विवाहको १५ दिनमै ज्यान गुमाएकी राधिकोबारे यस्तो खुलासा

Posted on: 24 Mar, 2018

प्रेम सुनार | चैत १०, गुल्मी | विवाहको १४ औं दिनसम्म लोभ लाग्दो दाम्पत्य जिवनमा रमाएका थिए उनिहरु । १५ औं दिनको विहानपख   विस्तरामा श्रमिान संग मुस्कुराउँदै उठेकी  उनि केहि वेर पछि घरबाट निस्कन्छिन र त्यही विहानीको मुस्काउन नै उनका श्रीमानका लागि अन्तिम मुस्कान बन्न पुग्छ । 


उनि अर्थात केहि दिन अघि वुटवलको दुर्गा मन्दिर लाईनमा रहेको वुर्तिवाङ्ग होटलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी १९ वर्षिया  राधिका न्यौपानेको घटना निकै  रहश्यमय बनेको  छ  । 

फागुन १६ गतेका दिन पाल्पाको पुर्वखोला गाउँपालिका वडा नम्वर–२ , जलपाका  ३० वर्षिय झविलाल पाण्डेय संग वुटवलको गोलपार्क माईती घर भएकी न्यौपानेको धुमधाम संग मागी विवाह भएको थियो । उनले उक्त होटलमा आफ्नो वास्तविक नाम ढाँटेर श्रेया नेपाल लेखाएकी छन भने ठेगना पनि ढाँटेर तानसेन नगरपालिका ३ लेखाएकी छन् । 

विवाह भएको दिनदेखि आफुहरुको सम्वन्ध  एकदमै सुमधुर रहेको  र आफुहरु दुवैजना फागुन २९ गते गोलपार्क स्थित ससुरालीमा गएको  पत्नी वियोगको पिडामा रहेका  पाण्डेले बताए । 

उनले भने ‘ उनि र म विहान हाँशी खुशी उठ्यौं , मेरो दिदी वुटवलमै रहेकोले म उहाँलाई भेट्न जान्छु भनेर निस्कीएँ । म हिडेको केहि वेरपछि उनले घरमा बैंकमा जान्छु भनेर बहिर निस्की छन् । 

म दिदीकोबाट साँझ ससुराली मै आएर सोध्धा त्यस्तो खवर पाएँ । अर्को दिन देखि फोन गर्दा कति वेला स्वीचअफ गर्ने त कति वेला केटा मान्छेले उठाउने गर्न थाल्यो ।  चौथो दिन चैत्र ३ गते साँझ एक्कासी वुर्तिवाङ्ग होटलको कोठामा मृत फेला परेको खवरले छाँगाबाट खसे जस्तो भईएको छ । ’

वुटवलबाट किन पुगिन त धरान ? 

बुटवल स्थित एक बैंकमा जान्छु भनेर हिडेकी न्यौपानेको  ब्याडमा चैत्र २ गते विहान साढे पाँच वजे धरानको  बस टिकट काउण्टरबाट  हिड्ने  टिकट फेला परेको प्रहरीले बताएको छ । 

९ सय रुपैयाँ भाडा तिरेकी न्यौपाने धरानको वसपार्कमा वेहोस भएर ढले पछि टिकट काटेर पठाएको बताईएको छ । वुटवलकी मान्छे उनि एक्कासी धरान किन पुगिन ? को कसलाई भेटिन ? भन्ने वारे पनि खोज अनुसन्धानको विषय बनेको छ । 

वुटवल ईलाका प्रहरी कार्यालयका अनुसार शव पोष्मार्टम पछि अनुसन्धानका क्रममा न्यौपानेले प्रयोग गर्दै आएको  फोन  अहिले पनि एक  पुरुषले उठाउने गरेका छन् । सुरुमा ति पुरुषले नेपालगञ्ज छु भनेका थिए । पछि  फोन गर्दा लमही छु भनेको बताईएको छ । 

धरान पुगेकी न्यौपानेको फोन कसरी पश्चिम तर्फ फेला पर्यो  ? वा ति पुरुषले ठेगना गलत भनेका छन् ? यसवारे पनि प्रहरी खोज अनुसन्धानमा रहेको छ  । वुटवल ईलाका प्रहरी कार्यालयका प्रवत्ता प्रहरी निरीक्षक भिमलाल भट्टराईले यस घटनावारे अनुसन्धान प्रकृया अगाडी बढाईएको बताए  । 

खुसुक्क किन मेडिकल गईन ? 

पाल्पाकै निस्तेखोला गाउँपालिकाको श्रृष्टि प्राधामिक विद्यालयमा शिक्षक रहेका  उनका श्रीमान पाण्डे  विवाहको १५ दिनमै पत्नी वियोगको पिडा यसरी सुनाउछन्–‘ के गर्ने छोरो मान्छे रुदै हिड्न पनि नहुने, सम्झीँदा भक्कानिन्छ मुटु । परिवार र छिमेकका मानिसहरु समेत शोकाकुल छन् । अनेकन कुरा काट्ने जस्ता कुराहरुले थप पिडा थपेको छ । उनले जे कुराको तनाव थियो त्यो कुरा नढाँटी भनेको भए जस्तो पनि  स्वीकार्य हुन्थ्यो  । उनि धरान पुगेर वा अन्य स्थानमा कुनै पुरुषसंग बसेरै आएको भए पनि म स्वीकार गर्थे उनले त्यसरी ज्यान हाल्न हुँदैन्थ्यो । ’

यस घटना पछि उनले विवाहको ६ दिन पछि राधिकाले आफु र घर परिवार कसैलाई नसोधी घर देखि धेरै तल रहेको वजारमा खुसुक्क मेडिकल खोज्दै किन हिडिन ? भन्ने कुराको स्मरण गरिरहेका छन् । उनले थपे–‘  त्यस दिन विहान मैले उनलाई केहि कुरा सम्झाएँ । हामीले घर पनि बनाउन लागेका छौं , घर बनाउँदा र विवाहको सालभरी सत्रु लाग्छन् भन्छन् । सजग हुनु, घर देखि कतै नजानु, घर बनाउने मान्छे संग पनि नवोल्नु आज तिमी खान पकाउनु भनेर म स्कुल हिडे । म हिडेको केहि वेर पछि उनि घरका  कसैलाई नसोधी हिडि छन् । छिमेकी दाजुले मलाई फोन गरेर भन्नु भयो राधिका तिमीलाई सोधेर हिडेकी हुन् र घर छैनन् नि ? म दङ्ग परेर उनलाई फोन गरेर सोधे ।

म पेट दुखेर जचाउँन आएकी छु भनिन् । म उहि पाईलो उनलाई लि गएँ । त्यहाँबाट तानसेनको एक मेडिकलमा ल्याएर जचाएर औषधी लिएर आईयो । तर अहिले थाह भयो उनले त्यो औषधी नै खएको देखिन्न । यस घटना पछि कुराले पनि मलाई सोच्मग्न बनाएको  छ र केहि आशंका जन्माएको छ । 

वुटवल बहुमुखी क्याम्पसमा प्रथम वर्षमा पढ्दै गरेकी राधिकासंग आफन्त मार्फत उनलाई माग्न जाँदा मात्र पहिलो भेट भएको उनले बताए । उनलाई त्यस अघि देखे चिनेको थिईन् ।

माग्न जाँदा आफुहरु दुई जना विच कुराकानी गर्ने वातवरण मिलाईयो । उनि म संग विवाह गर्न राजी भईन  त्यस लगत्तै  फागुन १६ गते धुमधाम संग विवाह गरिएको थियो । त्यस अघि उनको परिवारलाई समेत मैले चिनेको थिईन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!