२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नगरस्तरिय यूवा सञ्जाल साफेबगरको मदिरा नियन्त्रण र सरसफाई अभियान

१० चैत्र २०७४, शनिबार १३:१८

कमल रावल | चैत १०, अछाम | नगरस्तरिय यूवा सञ्जालको आयोजना र साँफेबगर नगरपालिका ६ भागेश्वर, ७ रिडिकोट र ८ चण्डीकाको समन्वयमा मदिरा नियन्त्रण र सरसफाई कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला यूवा सञ्जालका सदस्य तथा यूवा संजाल बयलपाटा बजार सरसफाई संयोजक बैजन्ती कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी बयलपाटा बजार व्यावस्थापन समिती अध्यक्ष चेतमान कडायत रहनु भएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष जानकी बोहरा, समाजसेवी नर बहादुर रावल, अन्तरपाटी महिला संजालका नगर अध्यक्ष दुधकला विष्ट, दलित संजालका नगर अध्यक्ष सुरत भुल, नगर स्तरिय यूवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारी लगाएत समाजसेवी बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । इलाका प्रहरी कार्यालय बयलपाटाबाट सुरु भएको सरसफाई र्याली महेन्द्र मावि सम्म पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभामा बोल्ने अधिकांश बक्ताहरुले मदिरा नियन्त्रणमा सबैले मिलेर अगाडी बढ्नु पर्ने बताएका थिए । 


कार्यक्रमका बक्ताहरुले आफ्नो गाउँटोलको सरसफाईमा सबैले ध्यान दिन जरुरी रहेको बताएका थिए । कोणसभा कार्यक्रममा बोल्दै नगर स्तरिय यूवा सञ्जालका अध्यक्ष भुपेन्द्र भण्डारीले यूवाहरुले समाज परिवर्तनका लागि लाग्नु पर्ने बताउनु भएको थियो । साथै कार्यक्रममा यूवा सञ्जालले बयलपाटा बजार व्यवस्थापन समितीलाई बजार सरसफाई गर्न भनेर २ ओटा झाडु हस्तान्तरण गरेको थियो । कार्यक्रमको सञ्चालन नगरस्तरिय यूवा सञ्जालका प्रचार संयोजक पूजा रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु