२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने

२०७४, १० चैत्र शनिबार १३:२०

नन्द बहादुर रोकाया | चैत १०, मुगु | मुगु जिल्लाको पश्चिम भेगकमा पर्ने खत्याड गाउँपालीकामा नि शुल्क आँखा शिविर हुने भएको छ । आगामि चैत २३ गते देखि २५ गते सम्म खत्याड गाउँपालीकाको श्री लोक प्रिय उ.मा.वि. गम्थाामा आँखा शिविर हुने भएको हो । 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र उपशाखा सुकाढीको आयोजनामा तथा हिमालय आँखा अस्पातल पोखाराको प्राविधिक सहयोगमा शिविर सञ्चालन हुने आयोजक स्रोतले जनाएको छ । शिविर तीन दिनसम्म सञ्चालन हुने र मोतिया विन्दुको शल्यक्रिृया समेत गरीने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका सभापती एवंम केन्द्रीय सदस्य  तिलक बहादुर मल्लले जानकारी दिनुभयो । 

मुगु जिल्लाका जनतालाई स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न एवं जिल्लाबाट बाहिर उपचार गर्न जान नसक्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको सभापती मल्लको भनाई छ । हिमाली आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा मुगुमा २१ बर्षदेखि हरेक बर्ष मोतिया विन्दु शल्यक्रिया सहितको निशुल्क आँखा शिविर सञ्चालन हुदै आएको छ । 

मोतिबिन्दु सम्बन्धि निशुल्क शल्यक्रिया शिविरमा मुगु जिल्ला लगायत छिमेकी जिल्ला हुम्ला र बाजुरा जुम्ला जिल्लाका नजिक आसपासका नागरिकलार्ई उपचारमा सहभागी गराउने लक्ष्य लिइएको मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह