२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मिर्चैयामा चारदिने नि:शुल्क योग बिज्ञान शिविर सुरु

१० चैत्र २०७४, शनिबार १३:३४

चैत १०, सिरहा | स्वस्थ एवम् संस्कारयुक्त योगमैत्री समाज निर्माण गर्ने उदेश्यका साथ यहाँ घर-घरमा योग नारासहित मिर्चैया-६ मा चारदिने योग विज्ञान शिविर सञ्चालन गरिएको छ । पतञ्जली योग समिति मटियर्वाको आयोजनामा श्री प्राथमिक विद्यालय मिर्चैया-६ मटियर्वाको परिसरमा शिविर सुरु भएको हो । 

शनिबारदेखि बुधबारसम्म चल्ने सो शिविरमा हस्त मुद्रामा आधारित योग अभ्यास गराइने जनाइएको छ । योग शिविर विहान ४:३० देखि ६:३० बजेसम्म सञ्चालन भइरहेको छ । शिविरमा सरस्वती, वायु, अपान, प्राणायाम, प्राण, मृतसञ्जीवनी मुद्रा र गहन चिकित्सा उपचार योगको अभ्यास गराइने आयोजकले जनाएका छन् ।


मिर्चैया-६ स्थित रहेको श्री प्रावि मटियर्वाको प्राङ्गणमा मिर्चैया नगरपालिकाका प्रमुख मेयर श्रवण कुमार यादवले शिविरको समुद्घाटन गरेका हुन् । उनले योगले मानिसलाई स्वस्थ्य बनाउने भएकाले रोगको बाटो छेक्न योगले महत्वपूर्ण भूमिका खेलेको बताए ।

योग शिविरमा पतञ्जली योग समिति नेपालका सगरमाथा अञ्चल प्रभारी एवम् वरिष्ठ योग प्रशिक्षक मिस्टर प्रसाद चौधरीले योग प्रशिक्षण दिनेछन् । योगले मानिसलाई स्वास्थ्य रहन मद्दत पुग्ने योग प्रशिक्षक चौधरीले बताए । उनले योग विनाको संसारको कल्पना गर्न समेत नसकिने बताउनुभयो ।

आजको समुद्घाटनसत्र कार्यक्रममा मिर्चैया नगरप्रमुख श्रवण कुमार यादव, उपप्रमुख जिबछी देवी साह, पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, योग समिति मटियर्वाका अध्यक्ष पशुपति यादव, पतञ्जली योग समितिका जिल्ला सदस्य बिरेन्द्र यादव, महामन्त्री बलदेव यादव, सप्तरी योग प्रशिक्षक सुभेश चन्द्र दास, मिर्चैया योग समितिका उपाध्यक्ष भरत महासेठ, सल्लाहकारहरु प्रदीप तिवारी, रामनाथ यादव, संतोष महासेठ र सिकिया यादव, सदस्यहरु किशोरी साह, रामप्रताप यादव, प्रमोद साह, रिना ठाकुर लगायत विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय व्यापारी, युवा, युवती, गृहणी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, संचारकर्मी लगायत २०० बढीको सहभागिता रहेको थियो । – बिनय यादवको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै