Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ चैत ११ गते, दिउँसो २:४८ बजे खोटाङ्ग - KTG, समाज

खोटाङको हलेसीमा पन्ध्रदिने मेला

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ११, खोटाङ | धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा पूजाआजा गर्ने दर्शनार्थी तथा पर्यटकको भीड लागेको छ ।

रामनवमीका अवसरमा १५ दिनसम्म लाग्ने मेला भर्न र दर्शन गर्न नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बंगलादेश, दक्षिण कोरियालगायत देशबाट हजारौं दर्शनार्थीको सहभागिता छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसीमा यस वर्ष दर्शनार्थीको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने सुनकोशी तथा खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आएपछि हलेसी आउने दर्शनार्थीको संख्या दोब्बर बढेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । “हलेसीसम्मको सीधा यातायात जोडिएपछि काठमाडौँं, धरान, विराटनगर, जनकपुरधाम, पोखरालगायत दर्शनार्थी सीधै गाडी रिजर्भ गरेर आएका छन्”, उहाँले भन्नुभयो, “दर्शनार्थीको बाक्लो भिड रहेकाले मेलालाई व्यवस्थित पार्न स्वयंसेवक परिचालन गरिएको छ ।”

मेला अवधिभर अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीको टोलीसमेत परिचालन गरिएको प्रजिअ एकदेव अधिकारीले जानकारी दिनुभयो । धार्मिक तथा सांस्कृतिकरुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, धर्मद्वार, पापद्वार, बसाहा गुफा, भैरव गुफा, दुंँदेलो गुफालगायत धार्मिक तथा पर्यटकीयस्थल छन् ।

हलेसीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी, तीज, साउनको सोमबारलगायतमा ठूलो मेला लाग्छ । तराईसँगको सीधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले जानकारी दिनुभयो । रासस