२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी महोत्सवको प्रचार–प्रसारमा तिब्रता

१२ चैत्र २०७४, सोमबार ०६:२२

प्रेम सुनार/चैत १२, गुल्मी। कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्ने उद्देश्यले यहि चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन लागेको तेस्रो गुल्मी महोत्सवको मिति नजिकिन थालेसँगै महोत्सवको प्रचारप्रसार समेत तिब्र हुँदै गईरहेको छ ।  महोत्सवलाई आर्कषक तथा प्रभावकारी बनाउनको लागी सहोत्सवसँग गठित उपसमितिहरुले आफ्ना समिति अन्र्तगतका जिम्मेवारीहरुलाई अघि बढाएसँगै महोत्सवको रौनक बढ्दै जान थालेको हो । 


महोत्सवलाई थप प्रभावकारी बनाउनका स्थानीय तहसम्म पुगेर प्रचारप्रचार समितिले सवैलाई चुले निम्तो दिन थालेको छ । गुल्मी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं प्रचार प्रसार समितका संयोजक श्रीप्रपाद भलामी र रामप्रसाद पन्थीको नेतृत्वमा परिचालन गरिएको प्रचार प्रसार समितिले जिल्लाका सवै स्थानीय तहतमा पुगेर त्यहाँका जनप्रतिनिधिहरुसँग भेटघाट समेत गरेको छ । 


दुई नगरपालीका र दश गाउँपालीका रहेको गुल्मीमा प्रचार प्रचार समितिले सवै क्षेत्रमा पुगेर नगर प्रमुख, गाउँपालीका अध्यक्ष एवं त्यहाँका प्रशासकीय अधिकृतहरुसँग छलफल गरि महोत्सवलाई कसरी प्रभावकारी बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृति, कृषि, व्यापार तथा उद्योग लगायतका सामग्रि र प्रस्तुहिरुलाई उल्लेख्य मात्रमा मेलामा कसरी बढी भन्दा बढी सहभागिता गराउने भन्ने विषयमा छलफल गरिएकोे थियो । 

गुल्मी उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको तेश्रो गुल्मी महोत्सव आर्थिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई स्थानीय तहवाट सक्दो सहयोग गर्ने स्थानीय जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएको प्रचार प्रचार समितिका संयोजक श्रीप्रसाद भलामीले बताउनु भयो । 

प्रचार प्रचार समितिले गुल्मीको रेसुंगा र मुसिकोट नगरपालीका सहित गुल्मीदरबार, छत्रकोट, रुरु, कालीगण्डकी, सत्यवती, चन्द्रकोट, ईस्मा, मालीका, मदाने र धुर्कोट गाउँपालीको भ्रमणगरि स्थानीयहरुलाई महोत्सको वारेमा जानकारी गराएको थियो । गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा दश दिनसम्म संचालन हुन लागेकोे उक्त महोत्सवको मुख्य स्वलोगन ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने रहेको छ । 

महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका विभिन्न विधाका पाँच दर्जन भन्दा बढी कालाकारहरुको विविध साँगितिक प्रस्तुति रहने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…