२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा कपडा धुने व्यवसायी फटाउँदै

१२ चैत्र २०७४, सोमबार ०७:०९

मनिषा राई/चैत्र १२ रोल्पा | यतिवेला रोजगारीको शिलशिलामा दैनिक विदेसिनेको क्रम बढिरहेको छ । तर रोल्पा नगरपालिका–१० धबाङ निबासी राजेन्द्र परियारको राजेन्द्र टेर्लस ÷ ड्राइकिलिनर्स कपडा धुने व्यवसाय लिबाङमा फस्टाएको छ ।


रोल्पा नगरपालिका–४ लिबाङमा राजेन्द्र टेर्लस÷ड्राईकिलिनर्सका व्यवस्थापक राजेन्द्र परियारले २०७० सालबाट कपडा धुने मिसिनबाट कपडा धुने व्यवसायी सञ्चालन गर्नुभएको थियो । अहिले कपडा धुने मिसिनबाट घर परिवारको खर्च जुट्नुको साथै आवश्यक आम्दानिको स्रोत भएको पनि परियारले बताउनुभयो ।


सुरुमा ४२ हजार, ५० हजार र ९० हजारको फरक–फरक मूल्यका कपडा धुने मिसिन खरिदबाट व्यवसायी सञ्चालन गर्नुभएका परियारले अहिले ग्राहकको मागलाई मध्यनजर गर्दैरु १ लाख ५० हजारको कपडा धुने मिसिन समेत खरिद गर्नुभएको छ । जसले उहाको कपडा धुने व्यवसायी फटाउँदै गएको छ ।

गर्मीयाममा भन्दा चिसोयाममा धेरै कपडा धुने ग्राहक आउने भएकाले चिसो मौसममा बढि आम्दानि हुने गरेको व्यवस्थापक परियारले बताउनुभयो । उहाँले भन्नुभयो– ‘म एक्लै ग्राहकलाई समयमा नै सेवा प्रदान गर्न नसक्ने भएकोले मासिक ७ हजारमा मेरो सहयोगी रोखेको छु ।’

आफनौ व्यवसायीमा लगानी अनुसार सन्तोजनक आम्दानी भएको व्यवस्थापक परियारले बताउनुभयो । कपडा धुने मिसिनबाट कोट, जकेट, पाइन्ट, बलाङ्केट लगायतका अन्य कपडाहरु समेत धुने गरिन्छ । कपडा अनुसार मुल्य पनि फरक–फरक पर्ने व्यवस्थापक परियारले बताउनुभयो ।

‘कपडा धुने व्यवसायबाट मासिक २० देखि ३० हजारसम्म मासिक रुपमा कुल आम्दानी हुन्छ । सबै खर्च कटाएर पनि मासिक रुपमा १० हजारदेखि १५ हजारसम्म आम्दानी हुन्छ ’ उहाले भन्नुभयो ।

नेपालमा रोजगार छैन भन्दै दैनिकि युवाहरु बिदेशिन भौतारिरहेको बेला उमेर ढल्किदै गरेका परियार भने ग्राहकको घरसम्म सामान पु¥याउन, मिसिनसम्म ल्याउनमा नै व्यस्त हुनुनुन्छ । विदेश जान पनि लाखौं रुपैया लागनी गर्नुपर्ने भएकाले पनि थोरै लगानीमा भएपनि आफ्नै ठाउँमा नै व्यवसायी सञ्चालन गर्दा फरक सन्तुष्ट मिलेको उहाको भनाई छ ।

साथै उहाले भौतारिरहेका युवाहरुलाई व्यवसाय सन्चालन गर्नको लागि सरकारले पनि सरकारी तथा गैर सकारी निकायबाट न्यून व्यजदरमा ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो ।

दलित समुदायले थरको आधारमा परम्परागत पेशालाई निरन्तरता दिई रहेको बेला परियारले कटाई सिलाई पनि खलो प्रथामा नगरेर सोही पेशालाई आधुनिकरणसँगै फरक व्यवसायी सञ्चालन गर्नुभएको छ ।

उहाले भन्नुभयो ‘‘नेपाल सरकारले अब पनि न्यून लगानीमा व्यवसायी सञ्चालन गरेका दलित गैर दलित समुदायका व्यवसायिको व्यवसाय प्रर्वद्वन गर्ने महत्वपूर्ण कार्यक्रम तय गरी प्रभावकारी कार्यान्वयमा ध्यान दिनुपर्छ । जसले गर्दा नेपाली युवालाई आफ्नै ठाउँमा व्यवसायी सञ्चालन गर्ने वातारण बन्न सक्छ ।’’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य