Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वदेशमै रोजगारीका लागि डेढ करोडको लगानीमा ‘ग्रेट वान पेवेलियन’

By kit 5 मिनेट पढाइ

चैत १२, चितवन | स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेष्टमेन्ट कम्पनीले रु १ करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालनमा ल्याएको छ ।

युवालाई स्वदेशमै रोजगारी दिलाउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडा एकै ठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारका रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिनुभयो ।

विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले कपडाको भण्डारका रुपमा यो पेभेलियन ( दोस्रो परियोजना) सञ्चालन गरेको हो ।

यसअघि कम्पनीले पहिलो परियोजनास्वरूप स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिसोर्टलगायत विभिन्न अन्य परियोजनासमेत चलाउने लक्ष्य राखेको जनाइएको छ ।

‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यसरी लगानी गर्न थालेको हो ।

‘एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्याल बताउनुहुन्छ । पेभेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा पाइने छन् । यस्तै सटिङ¬सुटिङका कपडा तथा साडी, कुर्तासुरुवालसमेत यहाँ छन् ।

उक्त परियोजनामा ५१ प्रतिशत युथ भिजनको लगानी छ भने बाँकी लगानी सर्वसाधारण तथा वैदेशिक रोजगारमा रहेका नेपालीको शेयर छ । प्रतिशेयर न्यूनतम रु २५ हजार रहेको निर्देशक मदन कँडेल बताउनुहुन्छ । कँडेल र अधिकारी पनि वैदेशिक रोजगार छाडेर सोही परियोजनाका लागि यहाँ आउनुभएको हो ।

कम्पनीले प्रवासमा रहेकाहरुलाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । एकसय जनाको सामूहिक लगानी भएको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने जनाइएको छ ।

नारायणगढमा सञ्चालित उक्त परियोजनामा कपडा खरिद गर्न आउने ग्राहकका लागि वैशाख ५ गतेसम्म २० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको प्रबन्धक अधिकारी उल्लेख गर्नुहुन्छ ।

रासस