2026-10-21 09:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्वदेशमै रोजगारीका लागि डेढ करोडको लगानीमा ‘ग्रेट वान पेवेलियन’

चैत १२, चितवन | स्वदेशमा रोजगारी सिर्जना गर्न विदेशमा बस्ने नेपालीद्वारा स्थापना गरिएको युथ भिजन इन्भेष्टमेन्ट कम्पनीले रु १ करोड ५० लाखको लगानीमा चितवनमा नयाँ परियोजना ‘ग्रेट वान पेभेलियन’ (उत्कृष्ट एक भण्डार) सञ्चालनमा ल्याएको छ । 

युवालाई स्वदेशमै रोजगारी दिलाउने लक्ष्यसहित हरेक मानिसलाई चाहिने कपडा एकै ठाउँमा उपलब्ध गराउन चितवनको नारायणगढस्थित ‘मिलन मार्केटमा’ सम्पूर्ण कपडाको भण्डारका रुपमा ‘ग्रेट वान पेवेलियन’ सञ्चालन गरिएको कम्पनीका प्रबन्धक ईश्वरराज अधिकारीले जानकारी दिनुभयो । 

विदेशमा बस्ने र वैदेशिक रोजगार छाडेर आएकालाई सहभागी गराई कम्पनीले कपडाको भण्डारका रुपमा यो पेभेलियन ( दोस्रो परियोजना) सञ्चालन गरेको हो । 

यसअघि कम्पनीले पहिलो परियोजनास्वरूप स्वदेशी उत्पादन ‘पल्पी’ जुसमा लगानी गरिसकेको छ । कम्पनीले अस्पताल, रिसोर्टलगायत विभिन्न अन्य परियोजनासमेत चलाउने लक्ष्य राखेको जनाइएको छ । 

‘प्रवासीको आम्दानी, स्वदेशमा लगानी, प्रवासीको साथ परिवारको हात’ भन्ने मूल नाराका साथ स्थापित युथ भिजनले नेपालमै रोजगारी सिर्जना गर्न र विदेशिएकालाई स्वदेशमा फर्काउन यसरी लगानी गर्न थालेको हो । 

‘एक परिवार एक लगानी, आफ्नै लगानी आफैँलाई आम्दानी,’ भन्ने नारासहित पेभेलियन सञ्चालन गरिएको कम्पनीका अध्यक्ष प्रकाश अर्याल बताउनुहुन्छ । पेभेलियनमा महिला, पुरुष र बच्चाका लागि चाहिने सम्पूर्ण कपडा एकै ठाउँमा पाइने छन् । यस्तै सटिङ¬सुटिङका कपडा तथा साडी, कुर्तासुरुवालसमेत यहाँ छन् । 

उक्त परियोजनामा ५१ प्रतिशत युथ भिजनको लगानी छ भने बाँकी लगानी सर्वसाधारण तथा वैदेशिक रोजगारमा रहेका नेपालीको शेयर छ । प्रतिशेयर न्यूनतम रु २५ हजार रहेको निर्देशक मदन कँडेल बताउनुहुन्छ । कँडेल र अधिकारी पनि वैदेशिक रोजगार छाडेर सोही परियोजनाका लागि यहाँ आउनुभएको हो । 

कम्पनीले प्रवासमा रहेकाहरुलाई पहिलो प्राथमिकता दिई अन्य संघसंस्था तथा प्रतिनिधिलाई समेत समेटेर परियोजना चलाएको हो । एकसय जनाको सामूहिक लगानी भएको उक्त कपडाको भण्डारमा लगानीकर्ताको परिवारलाई विशेष प्राथमिकता र सुविधा दिइने जनाइएको छ । 

नारायणगढमा सञ्चालित उक्त परियोजनामा कपडा खरिद गर्न आउने ग्राहकका लागि वैशाख ५ गतेसम्म २० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको प्रबन्धक अधिकारी उल्लेख गर्नुहुन्छ । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ