२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको चिसापानीगढी चराको उत्कृष्ट वासस्थान

१२ चैत्र २०७४, सोमबार ०८:१०

नारायण ढुङ्गाना/चैत १२, चितवन | चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । 

उक्त क्षेत्र चराका दृष्टिले विश्वकै नमूना रहेको भन्दै चराविद् डा हेमसागर बरालले वर्षांैसम्म नदेखिएका चरासमेत सो क्षेत्रमा पाइएको बताउनुभयो । “सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमै महत्वपूर्ण मानिने चिसापानीगढीको संरक्षण गर्नु जरुरी छ”, डा बरालले भन्नुभयो । 

चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्र सिंराइचुली र उपरदाङगढीको बीचमा पर्छ । नेपालमा पाइने चरामध्ये गढीमा भेटिने ३८ प्रजातिका चरा विश्वकै महत्वपूर्ण र संरक्षित चरा मानिने जानकारी दिंदै उहाँले अहिले सो क्षेत्रलाई ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणा गर्नुपर्ने माग चरा विज्ञहरुले गर्दै आएका बताउनुभयो । 

वर्ड एजुकेशन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा पक्षीविद् वासु बिँडारीले कहीँ नदेखिएका चरा देखिने सम्भावित क्षेत्र चिसापानीगढी रहेको बताउनुभयो । 

काठमाडौँको फुलचोकीमा पाइने चरासमेत यहाँ भेटिन्छन् । करीव ७० वर्षसम्म हराएको सिम्रिककाने लियो सिचला भन्ने चरासमेत यहाँ भेटिएको छ । त्यसैले सो क्षेत्रमा चराको हव बनाउनुपर्ने बिँडारीको भनाइ थियो । 

यस्तै नेपालमा मात्रै पाइने काँडे भ्याकुरका विभिन्न प्रजातिको समेत महत्वपूर्ण वासस्थान यही क्षेत्रमा छ । मुख्यगरी पानीको पर्याप्तता र घना जंगल एवं शान्त वातावरणका कारण यहाँ चराको महत्वपूर्ण वासस्थान बनेको हो । चरा पर्यटनका हिसाबले समेत महत्वपूर्ण भएकाले यहाँ राम्ररी अनुगमन गर्ने हो भने अझ धेरै नयाँ प्रजातिका चरा पाइने दाबी उहाँको थियो । 

यो क्षेत्रमा रुख काट्ने, खन्ने, डढेलो लगाउने, जथाभावी भौतिक संरचना, सडक निर्माण गर्नेजस्ता गतिविधि रोक्नसमेत चरा संरक्षणकर्मीले माग गरेका छन् । गढीकै फेदीमा पर्ने चितवनको कोलारमा रहेको चुनाखानीले चरालाई असर गर्ने भन्दै उनीहरुले खानी रोक्नसमेत माग गरेका छन् । 

चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको वासस्थानका दृष्टिले अति नै महत्वपूर्ण रहेको चिसापानीटार क्षेत्रलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । 

नेपालमा ८८७ प्रजातिका चरामध्ये १६८ प्रजातिका चरा संकटापन्न अवस्थाका छन् । चितवनमा मात्रै ६३६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये करीव ३५० प्रजातिका चरा सो क्षेत्रमा पाइन्छ । विश्वमा ११ हजार प्रजातिका चरा रहेको तथ्यांक छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य