२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा नेताद्वारा सरुवा गराउँछु भनेर यौन शोषण !

१२ चैत्र २०७४, सोमबार १०:३४

चैत १२, धनुषा । राजपा नेताले सरुवा गराउँछु भनेर यौन शोषण गरेको एक स्वास्थ्यकर्मी महिलाले आरोप लगाएकी छन् । 

यसरी आरोप लगाउने निशाले झा हुन् । उनी धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत स्वास्थ्यकर्मी पनि हुन् । उनको आरोप अनुसार राजपाका नेता रमन सिंहले सरुवा गराइदिन्छु भन्दै आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेका थिए । 

नेता सिंहले यौन शोषण गर्नु अघि ठगीको आरोपमा निशा जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुर्व्यहार र शोषण गरे ।’  निशाको अनुसार सिंहले राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट समेत गराएका थिए । महतोले सरुवा मिलाईदिने आश्वासन दिएको र एक महिना पछि आउनु भनेको ति महिलाले उल्लेख गरेकी छन् ।

निशा झाको दाबी अनुसार राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएर यौन शोषण गरेका हुन् । नेता रमनले आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनको दाबी छ । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् । निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् भने निशाले 'सरुवा गराउँछु' भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य