2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा महिलाजस्तै पुरुष स्वयंसेवक

चैत १३, ललितपुर | राज्यले मान्यता नदिए पनि यहाँ १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् । 

महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताउनुभयो । तीन दशक पहिले विषमज्वर र हैजा फैलिए पनि महिला स्वास्थ्यकर्मी घर घरमा पुगेर जनचेतना फैलाउन सक्ने अवस्था थिएन । उहाँ भन्नुहुन्छ, “अहिले पनि कतिपय स्वास्थ्य समस्यामा परामर्श हामीले गर्छौंँ ।” पुरुषका स्वास्थ्य समस्या समाधानमा पुरुष स्वास्थ्यकर्मी लाग्ने गरेका छन् । 

जिल्लामा १०० पुरुषसहित झण्डै ६०० स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये १३३ महिला स्वास्थ्य स्वयंसेविकाले मात्रै मान्यता पाएका छन् । जिल्लामा यति लामो समयसम्म काम गर्दा समेत जिल्लाले र सरकारले पुरुष पनि स्वयंसेवक हुन्छन् भनेर नमानेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीलाई मान्यता दिए काम गर्न प्रोत्साहन हुने थियो ।”रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता