Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२८ पुष २०८२, सोमबार
अछाम - ACM

प्रदेश ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने: अर्थमन्त्रि बोहरा

१३ चैत्र २०७४, मंगलवार ११:४३

कमल रावल/चैत १३, अछाम | प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नम्बर ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताउनु भएको छ । 


यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउनु भयो । 

सदरमुकाम मंगलसेनमा प्रेस सेन्ट्र अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि बोहराले प्रदेश सरकारले चैत मसान्त भित्रै यस क्षेत्रको बिकासका लागी बिशेष बजेट् स्वरुप १ खरब २ करोड ५ लाखको बजेट ल्याउने बताउनु भयो । 

जनतालाई मेरो सरकार हो भन्ने अनुभुति दिलाउनका लागि प्रदेश सरकारले आफना गतीवीधी अघि बढउने बताउनु भयो । समाबेशि र आर्थिक समानता सहीतको बजेट भुगोल, जनसख्याको आधारमा बिनियोजित गर्ने भन्दै कृषिकलाई आत्म निर्भर बनाउन बिशेष योजना ल्याउने बताउनु भयो । अहीले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसकेपनी शिक्षा, स्वास्थ्य, रोजगारि, सिचाई खाद्यान्न सँकट हटउन तिर बजेट तुर्जमा भईरहेको जानकारी गराउनु भयो ।

 प्रेस सेन्ट्र अछामका अध्यक्ष नरेन्द्र रावलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोहराले नेपालमा करमा एकद्धार प्रणाली लागु गर्ने भन्दै संघियता कार्यान्वयन नचाहने हरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाई रहेका आरोप लगाउनु भयो ।

 आफु अछामबाट निर्वाचित साँसद भएकाले अछामका लागि बिशेष बजेटेको ब्याबस्था गर्ने समेत जोड दिनु भएको थियो । पत्रकार सम्मेलनमा नेकपा माओवादि केन्द्र अछामका संयोजक झपट साउद, रामारोशन गाउपालिका अध्यक्ष झंकर साउद, मन्त्रि बोहराका प्रमुख राजनितिक सल्लाहकार आदर्श साउद, अछामका प्रहरी प्रमुख डिएसपि दधिराम न्यौपाने लगाएत जिल्ला स्थित संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालन प्रेस सेन्टर अछामका सचिव होम साउदले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु