२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

ताप्लेजुङमा आगलागीबाट १२ लाखौँ बराबरको क्षति

२०७४, १४ चैत्र बुधबार ०७:१६

चैत १४, ताप्लेजुङ | ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुस्थित सोगिरा भिरमा लगाएको आगो फैलिएर गाउँमा पस्दा एक घर जलेर नष्ट भएको छ । आगलागीले स्थानीयवासी चन्द्रबहादुर कार्कीको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । 

मंगलबार दिउँसो सो घरमा आगलागी भएको थियो । करिब दुई सय मिटर मुनिरहेको सोगिरा भन्ने भिरमा स्थानीयवासीले लगाएको आगोको झिल्का फैलिएर छानामा पुगेपछि घरमा आगलागी भएको छिमेकी मनकुमारी कार्कीले बताउनुभयो । 

आगलागीले तीनतले टिनको छानो भएको घर र घरभित्र राखिएको ठूलो परिमाणको काठ, अन्नपात, लत्ताकपडालगायतका सामग्री जल्दा करिब रु १२ लाख मूल्य बराबरको धनमाल क्षति भएको तर मनबीय क्षति भने नभएको स्थानीयवासीको भनाइ छ । 

आगालागी पीडित परिवार भने अर्कै घरमा सरेर बसेका छन् । आगलागीपछि स्थानीयवासीले नियन्त्रणमा लिने प्रयास गरे पनि सफल नभएको बताइएको छ । 

भिरमा आगो लगाउने व्यक्तिले भने जानजान आगो नलगाएको भन्दै क्षति बेहोर्ने बचन दिएको पीडित परिवारले बताएका छन् । पछिल्लो तीन महिनामा मात्रै ताप्लेजुङमा दर्जनांै घर जलेर नष्ट भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण